
नेपालको लेखा तथा लेखापरीक्षण क्षेत्रको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र आइक्यान मातहतको विद्यार्थी संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी एसोसीएसन (एनकासा)को संयुक्त आयोजनामा विराटनगरमा यहि चैत्र ५ र ६ गते सिए विद्यार्थीहरुको सम्मेलन हुने भएको छ।
संस्थाले चार्टर्ड एकाउन्टेन्सी शिक्षाको प्रवर्धनका लागि विभिन्न सेमीनार गोष्ठी तथा अन्य प्रवर्धनात्मककार्यहरु गर्दै आएकोमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको स्थानीय स्तरमा समेत चेतना अभिबृद्धी गराउँदै पूर्वाञ्चलमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको थप प्रवर्धन गर्न, बिद्यमान विद्यार्थीहरुको क्षमता विकास गराउन तथा सरोकारवालाहरु समक्ष आईक्यान तथा सिए शिक्षाको बारेमा सचेतना फैलाउने उदेश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बिद्यार्थी संघठन (एनाकासा) को संयुक्त आयोजनामा चैत्र ०५ र ६ गते पूर्वाञ्चलको विराटनगर स्थित अतिथि सदनमा कार्यक्रम संचालन गर्न लागिएको आइक्यान र एनकासाद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
एनकासा र आइक्यानको विग्य्पतिमा भनिएको छ, ‘सम्मेलनमा ४ वटा बिषयवस्तुमा १२ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन । सम्मेलनमा फरेन्सिक अडिट, मुल्य स्थानान्तरण एवं दाहोरो कर उन्मुक्ती, नेपाल बित्तिय प्रतिवेदनमानको कार्यन्वयन एवं चुनौती तथा कम्प्यूटरको प्रयोगबाट गरीने लेखापरीक्षण सम्बन्धी बिषयमा तीन तीन जनाकादरले जम्मा १२ जनाको कार्यपत्र रहनेछ । प्रत्येक सत्रमा एक बरिष्ठ मुल्याड्ढन समुह रहनेछ र उत्कृष्ठ कार्यपत्रको छनौट गरी पुरस्कृत समेत गरिनेछ । ‘



प्रतिक्रिया दिनुहोस्