Skip to content

मेरो बुझाईमा नेपालको लेखा ब्यबसाय, सिए शैलेश ओझाको लेख

नेपालमा लेखा ब्यबसाय (लेख परिक्षण) बिगतको दशक  निकै नै फस्टाएको छ।  दक्षता र शैक्षिक योग्यता भएका ब्यबसायीहरुको जमात बढेको छ।  त्यति मात्र कहाँ हो र? ति व्यक्तिहरुको मेहेनतमा आज नेपाल चार्टड  एकाऊन्टेन्ट्स  संस्थाको कानुन सम्बत स्थापना भएको छ।  यो नेपालको आर्थतन्त्रको लागि निक्कै नै राम्रो कुरा हो।म पनि यसै ब्यबसायसंग सम्बन्धित व्यक्ति हु। सन् १९९७ नोवेम्बरमा चेन्नई भारतबाट सीए हुँदा नेपालमा करिब ११० जति सीए थिए।  सन् १९९७ देखि सन् २०१५ सम्म आइपुग्दा हाल नेपालमा करिब १००० सीए पुगेको तथ्यांक छ।  जस मुताबिक औसतमा बार्षिक ४९ जना सीए नेपालमा थपिएको देखिन्छ।  अब यो प्रतिशत कति हुन्छ म त्यसतर्फ जान्न।  यसरी सीएको संख्यामा वृद्धि हुनुले प्रस्ट पार्छ कि आज नेपाली युवा-युवती यस सम्मानित पेशातर्फ आकर्षित  भएका छन।

मेरो नाम शैलेश ओझा हो।  माथि भनेझैँ म पनि सीए नै हु।  म बेलायतमा सन् २००१  देखि  फसीसीएको रुपमा लेखा ब्यबसायमा नै आबद्ध छु।  म आज तपाईहरु समक्ष नेपाल र बेलायत बीच लेखा ब्यबसायको तुलनात्मक रुपमा मेरो अनुभब बाढ्न चाहन्छु।  मेरो भनाइ यो होइन कि नेपालका लेखा ब्यबसायी  वा संस्थाले बेलायतको जस्तै गर्नु पर्छ।  विकसित मुलुकमा रहेका सोहि अनुरुपका  संस्था र ब्यबसायबाट केहि सिकेर त्यसलाई नेपाल सुहाउदो रुपमा परिमार्जित गरी  व्यहारमा उतार्दा राम्रै हुन्छ कि भन्ने मेरो बुझाई छ।  बाँकी तपाईहरुको मर्जी।

सन् १९९८ देखि सन् २००१ जून सम्म मैले पनि नेपालमा लेखा ब्यबसाय क्षेत्रमा लेखा परिक्षक र लेखा ब्यबस्थापक भएर काम गरेको छु।  सरकारी कार्यालयदेखि व्यक्तिगत स्वमित्वका ब्यबसायको लेखापरिक्षण र ब्यबस्थापनको केहि अनुभब अझै पनि ताजै छ मसंग I संयोग  पनि त्यस्तै, अब हेर्नुस न लेखा परिक्षक र लेखा ब्यबस्थापक दुवै हुँदाको फरक फरक अनुभब छ।  सरकारी कार्यालय र व्यक्तिगत ब्यबसायको लेखा परिक्षण गर्दा सैधान्तिक रुपमा फरक नभएपनि ति दुइबीच फरक प्रकितिको ब्यबस्थापन प्रणाली हुँदा हाम्रो कार्य गर्ने प्रणालीमा आम्सिक रुपमा फरक दृस्टीकोंण आपनाउनु पर्ने हुन्थ्यो।  अब तपाईहरु सोध्नु हुन्छ होला उदहारण खै त ? मलाई मेरा अग्रजले दिनु भएको शिक्षा म सधै सम्झिन्छु।  सरकारी बजेट भनेको उक्त निकास भएको रकम जसरि पनि खर्च गर्ने हो।  तर व्यक्तिगत स्वामित्वका ब्यबसायको बजेट भनेको उक्त निकास रकममा पनि बचत गरि कम खर्चमा योजना मुताबिकको कार्य सम्पन गरी  सफलता हासिल गर्ने हो।  अब तपाईहरुले मैले हासिल गरेको यो शिक्षा बुज्नुभयो भने सायद मैले भन्न खोजेको फरक दृस्टीकोंणको अनुमान लगाउन सक्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।

मेरो विचारमा नेपालमा सम्पूर्ण ब्यबसायहरुलाई एउटै भाडोमा राखेर हेरिन्छ।  अर्थात् सम्पूर्ण किसिमको ब्यबसायको लेखा परिक्षण गर्नु पर्ने कानुनी प्राबधान छ।  लेखा परिक्षण गर्ने व्यक्ति वा संस्थाको छनौट प्रक्रियामा केहि नियम भएपनि ब्यबसायी  वा सरकारी निकायका संस्थाको तर्फबाट हेर्दा सबैले नै लेखा परिक्षण गर्नु पर्ने अनि त्यस बापत हुने खर्च र लेखापरिक्षकको शुल्क पनि तिर्नु पर्ने देखिन्छ।  मेरो अनुभबमा सरकारी निकायका भन्दापनि व्यक्तिगत स्वामित्वमा रहेका स-साना ब्यबसायीहरुले लेखा परिक्षण बापतको सम्पूर्ण खर्च, समय अनि ब्यबसायलाई  चाहिनेभन्दा बढी लेखा सिद्धान्तहरुको बारेमा जानकारी राख्नुपर्ने जस्ता सम्पूर्ण कुरामा लाग्ने खर्चको हिसाब गर्दा ब्यबसायको नगत प्रवाहमा नकारत्मक असर परेको महसुस गरेको छु।   ब्यबसायीहरुमा नकारात्मक सोचाई आउनु पक्कै  पनि नेपालको अर्थतन्त्रको लागि राम्रो कुरा होइन।  मेरो विचारमा स-साना ब्यबसायले देशको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको हुन्छ।  उहाहरुको मनोबललाई  उच्च पार्ने र ति ब्यबसायीको वृद्धि  र स्थिरताको लागि उचित नियम कानुनको तर्जुमा गर्नु पर्ने उत्तरदायित्व  राष्ट्रले लिनु पर्छ।  लेखा परिक्षणको उचित व्यवस्था  मात्र होइन अरु धेरै कुराहरु यस उत्तरदायित्व  भित्र पर्छन।  तर म आज लेखा परिक्षण सम्बन्धि मात्र कुरा गर्छु।

अब एकफेर बेलायतलाई  हेरौँ।  म सन् २००१ देखि येही पेशामा आबद्ध छु।  करिब १००० भन्दा बढी साना ब्यबसायीहरुसंग मेरो अन्तरक्रिया भएको छ ब्यबसाहिक हिसाबमा।  उहाहरुलाई सुझाब दिने र अनुभबहरु एक आपसमा बाढ्दा मैले पनि धेरै ब्यबहारिक अनुभब हालिस गर्ने मौका पाएको छु।  यहाँ कानुनी व्यवस्था गर्दा ब्यबहारिक पक्षलाई  विशेष  महत्व दिएको हुन्छ।  बिधि र नियमले प्रत्यक्ष रुपमामा जन मानस र ब्यबसायमा सकारात्मक वा नकारात्मक प्रभाब पार्छ त्यसको पूर्ण रुपमा आग्रिम अनुसन्धान गरेर मात्र बिधि र नियमको तर्जुमा गरिएको हुन्छ।  लेखा ब्यबसायको कुरा गर्दा सम्पूर्ण ब्यबसायले लेखा परिक्षण गर्नु पर्ने प्राबधान यहाँ छैन।  ब्यबसायको आम्दानी , मौजाद सम्पति  र कार्यरत कर्मचारीको आधारमा तिन बर्गमा बिभाजन गरी  सोहि अनुरुप लेखा परिक्षण वा लेखा मात्र राख्नु पर्ने कुराको तर्जुमा गरिएको छ।  साना , मध्यम र ठुला गरी तिन बर्गमा ब्यबसायलाई  बर्गिकरण गरिएको छ।  म यहाँ साना ब्यबसायको मात्र कुरा गर्छु।  साना ब्यबसायको परिभाषा यस प्रकार दिएको छ :

बिक्रिको हद                ६,५००,००० पाउण्ड  वा भन्दा कम
कुल सम्पतिको हद          ३,२६०,००० पाउण्ड  वा भन्दा कम
कर्मचारीको हद             ५० वा भन्दा कम 
(जानकारीको लागि १ जनवरी २०१६ देखि लागु हुने गरी  बिक्रि र कुल सम्पतिको हद बढाइएको छ)

माथि बमोजिनको हद भित्र पर्ने ब्यबसायले लेखा परिक्षण गर्नु पर्दैन।  तर ब्यबसायको उचित र सैधान्तिक रुपमा लेखा राख्नु पर्ने र सोहि लेखा अनुरुप आबस्यक कर र करको फारम सम्बन्धित कर कार्यालयमा बुझाउनु पर्ने हुन्छ।  यसरि लेखा परिक्षणको तिब्र शुल्क , समय र ससाना ब्यबसायलाई  आबस्यक भन्दा पनि बढी लेखा सम्बन्धि  सिद्धान्तको जानकारी राख्नु पर्ने झन्जटबाट मुक्त हुँदा उक्त संचित  समय र साधनलाई  ब्यबसायको वृद्धि तर्फ लगानी गरि देशको अर्थतन्त्रमा गुणात्मक रुपमा सहयोग गरेको देखिन्छ।  मैले यहाँ लेखाको सिद्धान्त नै अपनाउदैनन् भनेको चाहिं  कदापी होइन।  त्यस सम्भंधि छुट्टै ब्यबस्था छ।  जानकारीको लागि ठुला ब्यबसायले अपनाउनु पर्ने लेखा सिद्धान्तलाई  नै परिमार्जित गरी  स-साना ब्यबसायलाई  सुहाउदो गरी  लेखा सिद्धान्तको व्यवस्था गरिएको छ।  जसले गर्दा लेखा सिद्धान्तमा फरक छैन।  म यहाँ उक्त साना ब्यबसायको लागि परिमार्जित लेखा सिद्धान्तको कुरा उठाउँदिन।  तपाईहरुलाई मेरो यो लेख मन पर्यो र मलाई अरु लेख्न प्रोत्साहन गर्नु भएमा म क्रमश: अर्को भागमा पप्रत्येक  बिषयमा लेख लेख्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु।  

अब सोच्नु पर्ने कुरा हो यो बेलायतको प्राबधानले नेपालमा कसरि असर पार्छ वा कसरि लागु गर्ने।  मैले माथि नै भनि सके मेरो यो कुरा नेपालका लेखा व्यवसायी  वा सरकारले आत्मसात गरी सोहि अनुरुप नै नियम कानुनको व्यवस्था गर्नुपर्छ भन्ने भनाइ होइन।  तर यसबाट केहि पाठ चाही अबस्य सिक्न सकिन्छ।  मेरो विचारमा नेपालको सन्धर्भमा सीए र रजिस्टर्ड अडिटर बीचको पुलको काम यो सिद्धान्तले गर्छ भने साना ब्यबसायीले पनि केहि रुपम राहत पाउछन्।  यसरि लेखा परिक्षण गर्नु पर्ने कानुनी हद (नेपालको माटो सुहाउंदो) को व्यवस्थाका साथै  सहि र उचित रुपमा सैधान्तिक तबरले लेखा मात्र राख्नु पर्ने व्यवस्था गर्दा ब्यबसायीलाई   गुणात्मक र प्रत्यक्ष  फाइदा हुने देखिन्छ भन्ने मेरो बुझाई छ। 

शैलेश ओझा ACA (ICAI, India), FCCA (UK)
बेलायत

प्रतिक्रिया दिनुहोस्