Skip to content

हातेमालो नेपाली विद्यार्थी समूहले मनायो आफ्नो आठौं वार्षिकोत्सव


दिल्ली ब्यूरो



भारतको राजधानी नयाँ दिल्ली स्थित सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले १५ अगस्टको दिन आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ।

लक्ष्मीनगर स्थित आफ्नै कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार, उक्त संस्थाका कार्यकारी सदस्य, साधारण सदस्य एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित समूहका सदस्यहरुले उक्त संस्थामा आवद्ध भएपछिका आफ्नो अनुभवहर एक-अर्का माँझ साटासाट गरेका थिए। त्यसै गारी उपस्थित अन्यले हातेमालो नेपाली विद्यार्थी समूहले अहिले सम्म गरेका कामको प्रशंसा गरेका थिए। खास गारी नेपाली सीए विद्यार्थीहरुको हक़-हितका लागि उक्त समूहले काम गर्दै आइरहेको छ। उक्त कार्यक्रममा आठौं वार्षिकोत्सवको खुशीयाली बनाउँदै केक काटिएको थियो।

अगस्ट १५, २००९ का दिनमा औपचारिक स्थापना गरेको हातेमालो नेपाली विद्यार्थी समूहले हाल सम्म आइपुग्दा प्रवासमा रहेका सीए विद्यार्थीहरुलाई लक्षित गर्दै धेरै फलदायी कार्यक्रमहरु गर्दै आएको छ।

सीए सरोकारको तर्फबाट हातेमालो नेपाली विद्यार्थी समूहलाई आठौं वार्षिकोत्सवको हार्दिक शुभकामना।







प्रतिक्रिया दिनुहोस्