आइक्यानले विभिन्न सिए पढाउने संस्थाले कोचिङ सेन्टरको नाम पछाडी सिए लेख्न नपाउने सार्वजनिक सुचना जारी गरेको छ । एक सार्वजनिक सुचना बिज्ञप्ति जारी गर्दै आइक्यानले सिए सब्दको प्रयोग जथावाभी नगर्न सुचित गरेको छ ।
तर यो सुचना जारी गरीरहँदा आइक्यानले आफ्नो बिज्ञप्तिमा ‘न्यूज फिबर’ देखाएको छ । केहि समययता आइक्यानका अध्यक्ष प्रकाश लम्शालले आफु निकट सिए इन्स्टिच्युटमा विद्यार्थी भर्ना गर्न प्राइम र एओसी विरुद्ध कार्य गर्ने गरी गोप्य बैठक बसेको खबर सार्वजनिक भएसँगै सोहि खबरलाई लक्षित गर्दै केहि व्यक्तिहरुले संस्थाका केहि पधाधिकारीहरुमाथि नियोजित रुपमा प्रचारबाजी गरिरहेको उल्लेख गरेको छ ।
यो बिज्ञप्तिमा प्रयोग भएको शब्दले एओसी र प्राइमलाई सिध्याउन भन्दै दरवारमार्गमा बैठक बसेको खबर सहि थियो र उक्त खबरपछी बाहिरिएपछी आइक्यान अध्यक्ष प्रकाश लम्शाल झन् तनावमा रहेको स्पष्ट देखिएको छ ।
आइक्यान अध्यक्षकै ‘प्लान’ अनुसार नियोजित रुपमा केहि सिए इन्स्टिच्युटविरुद्ध लाग्न केहीलाई प्रयोग गरेको आरोप लागिरहेका बेला अध्यक्षमाथि लागेको यो आरोपलाई बिज्ञप्तिमा प्रयोग भएका शब्दहरुले झन् स्पष्ट पारेको छ ।
बिशेष गरी प्राइम सिए र एओसीले सम्बन्धन नलिइ कोचिङ कक्षा संचालन गरेको र विद्यार्थी पनि त्यहीं बढी भएकाले आइक्यानको टाउको दुखेको आरोप अध्यक्षलाई लागेको छ । यो सिजनमा उनी निकट सिए इस्न्तिच्युटमा विद्यार्थी कम भएपछि उनी झन् तनावमा रहेको र त्यहि तनावको नतिजाको रुपमा बिज्ञप्तिमना यस्ता कुराहरु लेखिएको स्पष्ट छ ।
कानुनत : आइक्यानबाट सम्बन्धन लिनु आवश्यक होइन भने आइक्यानले सम्बन्धनको दायरामा विभिन्न सिए इन्स्टिच्युटहरुलाई ल्याउन प्रयास गरीरहेको छ । तर विद्यार्थीहरुले सम्बन्धन लिएका भन्दानलिएकालाई बढी विश्वास गर्नु, आइक्यानबाट सम्बन्धन लिएका बिगतका केहि सिए इस्न्तिच्युटहरु बन्द हुँदा पनि आइक्यानले विद्यार्थीलाई के कसो भयो भनेर वास्ता नगर्नु, र सम्बन्धन लिएकाहरुले पनि अधिकांसले नवीकरण नगरेपछि आइक्यानलाई सम्बन्धनको अर्थ बुझाउननै गाह्रो परिरहेको छ ।
आईटी तालिममा नियमितता गरेको भन्दै अख्तियारमा परेको उजुरी उपर अख्तियारले काम कारवाही अगाडी बढाएपछी आइक्यान अध्यक्ष तनावमा रहेको बुझिएको छ ।
हेर्नुहोस् आइक्यानको बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्