Skip to content

सिए इन्स्टिच्युटको नाम पछाडी प्रयोग भएको ‘सिए’ शब्द हटाउन आइक्यानद्वारा पत्राचारको तयारी !

आइक्यानले आइक्यान ऐन २०७३ परिक्षेद २ अन्तर्गतको छैटौं बुंदालाई समातेर विभिन्न सिए इन्स्टिच्युटको नाम पछाडी प्रयोग भएका ‘सिए’ सब्द हटाउन विभिन्न सिए इस्न्तिच्युटलाई पत्राचार गर्ने भएको छ । आइक्यानले चैतन्य सिए, प्राइम सिए, गुरुकुल सिए लगायतका नाम पर्योग माथि आपत्ति जनाउंदै उक्त नाममा प्रयोग भएका सिए सब्द हटाउन पत्राचार गर्ने भएको हो ।

यद्यपि आइक्यानको यो कदम पनि विवाद मुक्त भने नहुने देखिएको छ । केहि सिए इन्स्टिच्युटका प्रतिनिधिले आइक्यानको परिक्षेद २को छैटौं बुँदाको अपव्याख्या गर्दै यस्तो गर्न लागिएकोमा आपत्ति जनाएका छन् । ‘आइक्यान ऐन आएको २०५३ मा आएको हो, अहिले सम्म उक्त बुँदाको यस्तो व्याख्या भएको थिएन । अहिले नै यस्तो उर्दी जारी गर्नुपछाडी केहि न केहि लुकेको छ ।’ एक सिए इन्स्टिच्युटका प्रतिनिधिले सिए सरोकारलाई बताए ।
एक सिए इन्स्टिच्युटको आइक्यानमा उजुरीपछी यस्तो नियम ल्याउन लागिएको बुझिएको छ ।      
  

प्रतिक्रिया दिनुहोस्