Skip to content

मातृभूमिमा लगानी गरौ, सिए शैलेश ओझाको लेख

जनताको आर्थिक स्थितिमा सुधार हुनु समग्रमा राष्ट्रको आर्थिक उन्नति हुनुपनि हो I आर्थिक उन्नति हुनुमा विभिन्न कुराले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारेको हुन्छ I आर्थिक बृद्धि निरन्तर रुपमा स्थाई हुनु नितान्त जरुरी हुन्छ I क्षणिक आर्थिकबृद्धिले समाजमा बिकृति अनाबस्यक मानसिक तनावको स्थिति सिर्जना गर्न सक्छ I आर्थिक स्थितिमा सुधार ल्याउने विभिन्न कारक तत्वमध्ये व्यक्ति वा परिवारको आय स्रोतमा हुने प्रत्यक्ष बृद्धिले मुख्य भूमिका खेलेको हुन्छ I मेरा विचारहरु यसै बिषय (कारकतत्व) को वरिपरि रहेर व्यक्त गर्दैछु I

उच्च शिक्षा हासिल गरेर
,
सरकारी कार्यालय वा व्यक्तिगत स्वामित्वका कल कारखानामा, जागिर खाएर मासिक तलब कमाउन सकिन्छ । समयको परिवर्तन
तथा बजारको मूल्य वृद्धि संगसंगै उक्त तलब क्रमिक रुपमा बृद्धि हुदै जान्छ I तलबले आफ्नो घरखर्च टार्न वा सजिलो किसिमले पुर्याउन पुग्छ वा पुग्दैन त्य व्यक्ति वा परिवारको मासिक तलब खर्च बिचको सम्बन्धमा निर्भर रहन्छ I आयभन्दा खर्च कम भयो भने वा उसको परिवार समाजमा आर्थिक रुपमा सम्बृद्ध रहेको अनुमान लगाउन सकिन्छ I

अरुलाइ जागिरमा लगाएर
कल कारखाना चलाउने वा सेवा प्रदान गर्ने व्यक्ति लाइ व्यवसायी भनिन्छ । व्यवसायीको कमाईलाई  मुनाफा लाभांश भनिन्छ I व्यवसायपनि व्यक्ति वा परिवारको आर्थिक  स्थितिमा सुधार ल्याउने अर्को माध्यम हो I सबै ब्यबसाय सफल हुन्छन भन्ने छैन I सफल ब्यबसायले दिने मुनाफा लाभांश निस्चयनै मासिक तलबभन्दा धेरै हुन् सक्छ I ब्यबसाय गर्नु एउटा कला पनि हो यसमा धेरै मेहेनत समय दिनुपर्ने हुन्छ I तेसैले सबैको रोजाइ ब्यबसाय गर्ने नहुन सक्छ I

जसरी जनताले आफ्नो आर्थिक स्थिति सुधारको लागि कमाई गर्छन तेसैगरी राष्ट्रले पनि कमाई गर्नु आबस्यक I राष्ट्रको प्रत्यक्ष कमाई भनेकोनै जनता ब्यबसाहीको विभिन्न आय स्रोतमा कर लगाई उठाउने रकम नै मुख्य हुन्छ I त्यसको अलावा राष्ट्रले विभिन्न उद्योग, कल कारखानामा लगानी गरी लाभांश कमाउन सक्छ I बिकसित राष्ट्रहरुले अन्य राष्ट्रमा रहेका उधोगहरुमा लगानी गरि अतिरिक्त आय आर्जन गरेको देखिन्छ I सम्भवत :  नेपालको परिप्रेक्षमा
यो लागु हुने स्थित रहेको छैन I राष्ट्रको अर्को
काम जनतालाइ कमाई गर्ने बाताबरण सिर्जना गर्नु पनि
हो I यस वातावरणभित्र विभिन्न कुराहरु पर्छन I उदहारणको लागि
उपयुक्त बाटाघाटा , पर्याप्त यातायातको व्यवस्था , उद्योगलाई चाहिने आवस्यक सामग्रीको पर्याप्त
आपूर्तिको व्यवस्था (विद्युत, पानी, कच्चा पदार्थइन्धन आदि), दक्ष जनसक्ति, नयाँ उद्योग स्थापनको लागि पर्याप्त पूर्वाधारको व्यवस्था, आयात निर्यातमा रहेका कानुनी प्राबधानको सरलीकरण, वाताबरण प्रदुषणप्रति सरकारको निश्चित नीति, देशको भौगोलिक अवस्थालाई सुहाउँदो ब्यबसाय उधोगलाई बिसेष प्राथमिकता दिने सरकारी नीति I

अब प्रश्न आउछ सरकारलाइ विभिन्न किसिमका वाताबरण तयार गर्नको लागि आबस्यक खर्च (पैसा) कहाँ बाट आउछ ? सजिलो रुपमा भन्न सकिन्छ माथि भनेको करको रकमबाट खर्च गर्ने I यो गलत समाधान पनि होइन I तर जसरी तपाई हाम्रो घरको दैनिक खर्च हुन्छ तेसैगरी राष्ट्रको पनि दैनिक खर्च हुन्छ I कर मार्फत उठेको रकम तिनै दैनिक खर्चको ब्यबस्थापनमा नै सकिन्छ I केहि बचेको रकम साना विकासका कार्यमा खर्च हुन्छ I यहि कारण हो हाम्रो जस्तो गरिब अविकसित राष्ट्र आबस्यक खर्च रकमको लागि बैदेशिक सहयोग ऋणमा निर्भर रहेको हुन्छ I अन्य राष्ट्रले दिएको सहयोगमात्र पर्याप्त भन्नु नितान्त काल्पनिक ठहर्छ I बैदेशिक ऋण पाउन त्यति सजिलो पनि छैन I जुन प्राप्त हुन्छ त्यसको ब्याज खर्च चर्को हुन हुनाले राष्ट्रले त्यसलाई  केहि हदभन्दा बढी धान्ने अवस्था रहदैन I
यो हाम्रो राष्ट्रमा बिधमान वर्तमानको अतिनै जटिल समस्या हो I

एनआरएन बोन्ड
(NRN Bond)
यहि समस्या को विभिन्न हलहरु मध्ये एनआरएन बोन्ड (NRN Bond) पनि एउटा हो I यस बोन्डलाइ यस प्रकार ब्याख्या गरेको छु I
. बढीमा वटा जनताको स्वामित्वमा रहेका ब्यबसाहिक बित्तिय संस्थानहरुले संयुक्त रुपमा यस बोन्डको निस्कासन गर्ने I
. यस बोन्डको अबधि ब्याज दर अग्रिम रुपमा निर्धारण गर्ने I
. नेपाल राष्ट्र बेंक नेपाल सरकार ले यसलाई बैधानिक रुपमा समर्थन गर्ने I
. बोन्डको आयु समाप्तिपछि लगानी कर्ताले सवा ब्याज दुवै आफ्नो बासस्थान रहेको देशमा फिर्ता गर्न पाउने I
. नेपाल राष्ट्र बेंक नेपाल सरकाले लगानी ब्याज फिर्ता गर्दा बिदेशी मुद्रा सटहीको सुबिधा दिने I
नेपाल बाट बाहिर बिदेशमा रहेका नेपाल मूलका नेपाली हरुनै यस बोन्डका लगानी कर्ता रहने छन I नेपालको संबिधान २०७२ ले प्रत्याभूति गरेको दोहोरो नागरिकता लगानी गर्न पाउने मौलिक अधिकारको सम्रक्षण गर्दै एनआरएनले यस बोन्डमा लगानी गर्नेछन्  I प्रत्येक लगानी कर्ताको छुट्टै बोन्ड खाता हुनेछ I बोन्डको आयु समाप्तिपछि लगानी ब्याज फेरी पुन: लगानी गर्न पनि सकिने I
यसरी लगानी स्वरुप संकलित रकमलाई नेपाल राष्ट्रले विभिन्न विकासका पूर्वाधार निर्माणमा खर्च गर्ने I उदहारणको लागि
:
बाटाघाटा यातायात , अन्तरास्ट्रिय हवाई अड्डा , जलविद्युत परियोजना , इन्धन (पेट्रोल, डिजेल, ग्यास आदि) प्रशोधन उद्योग , सिंचाई कृषि , शिक्षा  शिप तथा व्यावसायिक तालिम, पुन: निर्माण , प्राकृतिक सम्पदाको संरक्षण, खाने पनि आदि इतियादी I
नेपाल आज जुन परिस्थितिमा गुज्रिरहेको एस्को निर्क्योलमा साथ दिनु हाम्रो पनि नैतिक कर्तब्य हुन आउछ I एक जनाले गर्दा नहुने कार्य समूहमा गरियो भने असम्भव केनै पो ? समय आउछ तर पर्खदैन I समयको पहिचान गरि त्यसको सहि उपयोग गर्नु नै सफलताको मूल आधार हो I त्यसैगरी विकासका पूर्वाधारको निर्माण गर्नुनै भविस्यमा विकास हुन्छ भाबी सन्ततिले त्यसको सहि उपयोग गर्न पाउछन् भन्ने यो लेखकको बुझाई हो I आज मात्रीभूमिलाई त्यही पूर्वाधार निर्माणको लागि तपाई हाम्रो आबस्यकता I हामी सबैलाई मातृभूमिको माया लाग्छ I आगे तपाई हरुको मर्जी I
शैलेस ओझा

२८फाल्गुण २०७२

प्रतिक्रिया दिनुहोस्