
आइक्यानको १९औं बार्षिकोत्सवका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले लेखापरीक्षण व्यवसायलाई विश्वसनीय, पारदर्शि एवम् जवाफदेही बनाउन आइक्यानको भूमिका महत्वपूर्ण हुने बताए ।
यसका लागि संस्थाले नेतृत्वदायी भूमिका खेल्दै आएको बताउंदै उनले भने ‘आर्थिक क्रियाकलापमा पारदर्शिता भएपछि मात्र अन्य क्षेत्रको विकास हुन्छ, त्यो पारदर्शिताको काम आइक्यानले गर्नुपर्छ ।
’ अर्थमन्त्री पौडेलले लेखापरीक्षण प्रणालीमा पारदर्शिता नभएको भन्दैआइक्यानको आलोचना हुने गरेको बताए । उनले भने ‘यस संस्था प्रति टिप्पणी हुने स्थिति नआओस ।’
कार्यक्रममा आइक्यानका अध्यक्ष प्रकास लम्सालले एक बर्षको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखाव्यवसायमा महत्वपूर्ण योगदान पुर्याएका आइक्यानसँग आवद्ध व्यक्तित्वहरुलाई सम्मान तथा पुरुस्कार प्रदान गरिएको थियो । साथै, चार्टर्ड एकाउण्टेण्ट विषय अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई मेरिटका आधारमा मेडल र प्रसंशा पत्र प्रदान गरिएको थियो । – अभियान दैनिकबाट
प्रतिक्रिया दिनुहोस्