
सम्झौता अनुसार आइक्यानबाट सिए उतिर्ण गरेका सिएहरुले अब सीपीए अष्ट्रेलियामा कुल ४ पेपरको परिक्षा उतिर्ण गरेर त्यहाँको सदश्यता लिन सक्नेछन् । यद्यपी सीपीए अष्ट्रेलिया त्यहाँको नियमनकारी सिए संस्था भने होइन । र त्यहाँको सदश्यता पाउने बित्तिकै अष्ट्रेलियामा लेखापरीक्षण गर्न पाउने भने होइन ।
सीपीए अस्ट्रेलियाका अनुसार आइक्यानबाट उतिर्ण भएका सिएहरुले त्यहाँको अन्य बिषयको एक्जम्शन शुल्क तिरेर ४ पेपरको परिक्षा उतिर्ण गरी त्यहाँको सदश्यता लिन सक्नेछन् ।
यद्यपी जस्तो सम्झौता भएपनि सम्झौता हुनु आफैंमा सफलता भएको आइक्यानका सिएहरु बताउँछन् । नेपालबाट सिए उतिर्ण गरेर पनि उक्त संस्थाको सदश्यता लिन ४ पेपरको परिक्षा सँगै झन्डै नेपाली १५ लाख रुपैयाँ एक्जम्शन शुल्क बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्