Skip to content

सिए नील सारु नेपाल धितोपत्र बोर्डको बिज्ञ बोर्ड सदस्यमा नियुक्त

सिए क्षेत्रमा युवा पुस्ता माझ निकै नै चर्चित सिए नील बहादुर सारु मगर नेपाल धितोपत्र बोर्ड (सेवन) को बोर्ड सदस्यमा नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।  २०१२ साल चैत्र ५ गतेको निर्णयबाट उनी उक्त पदमा नियुक्त भएका हुन् ।  सरकारले बिज्ञ सदश्य र अध्यक्ष गरी दुइ पदमा  नियुक्ति दिने गरेको छ । 
नेपाल धितोपत्र बोर्डको संचालक समितिमा एक जना विज्ञ सदश्य नियुक्त हुने व्यवस्था अनुसार अवको तीन बर्षे कार्यकालका लागि उनी उक्त पदमा नियुक्त भएका हुन् । नेपाल धितोपत्र बोर्डको उपाध्यक्षमा आइक्यानका प्रतिनिधि समेत रहने ब्यबस्था छ । 

हाल उक्त पदमा सिए महेश खनाल छन् । सेबोनमा सरकारले नियुक्त गरेको अध्यक्ष र बिज्ञ सदश्य, आइक्यान र एफएनसीसीआइका उपाध्यक्ष पदेन सदश्य हुने ब्यबस्था छ भने नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक,  र नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालयबाट एक जना र कानुन मन्त्रालयबाट एक जना गरी दुइजना ‘जोइन्ट सेक्रेटरी’ रहने ब्यबस्था छ । 

सिए नील बहादुर सारु मगरलाई सिए सरोकारको तर्फबाट पनि हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना 

प्रतिक्रिया दिनुहोस्