
के तपाईं सिए पढ्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आफ्नो कलेजका संयोजक, वा लेखा विषयका शिक्षकले तापाईलाई फोन नै गरेर ‘फलानो’ कलेजमा जाउ, मैले भनेपछि छुट मिल्छ त भनेका छैनन् । वा सिए पढ्ने इक्षानहुँदा नहुँदै पनि तपाईं वा तपाईंका साथीका आफन्तले सिए पढ्न वा कुनै कलेजमा भर्ना हुन दवाव वा आग्रह गरिरहेका छन् ? यदि यस्तो हो भने सचेत रहनुहोस् तपाईं बेचिन सक्नुहुन्छ ।
अहिले काठमाडौँमा विभिन्न सिए इन्स्टिच्युटहरुले कलेजका संयोजक वा लेखा विषयका शिक्षकलाई कमिसन दिएर विद्यार्थी पठाउन लगाइरहेका छन् । प्रति विद्यार्थी कमिसन वा विद्यार्थीले तिरेको रकमबाट केहि प्रतिशत कमिसन दिएर विद्यार्थीहरुको तस्करी हुने क्रम बढेको छ ।
सिए सरोकारलाई प्राप्त जानकारी अनुसार काठमाडौँका केहि नाम चलेका प्लस टु कलेजहरु समेत यो धन्दामा लागेका छन् । कलेज प्रशासनलाई पत्तोनै नदिइ आफु निकटका केहि सिए इन्स्टिच्युटका प्रतिनिधिबाट कमिसन लिएर यस्तो काम हुने गरेको छ ।
प्रति विद्यार्थी रु २५०० देखि १०००० सम्म लिएर यसरी विद्यार्थीहरुको बेचबिखन हुने गरेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘कमिसन लिएर विद्यार्थीको बेचबिखन भइरहेको छ । यसरी विद्यार्थीलाई कुनै इन्स्टिच्युटमा जिम्मा लगाएर कमिसन लिनु अपराध हो । यसलाई नियन्त्रण गर्न जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्