
विभिन्न सरकारी वेव साइट ह्याक गरेको अभियोगमा प्रहरीले पक्राउ परी २५ दिन हिरासतमा राखेर ढलौटीमा छुटेका एक बिकास पौडेलले नेपालका ९० प्रतिशत सरकारी वेव साइट असुरक्षित रहेको बताएका छन् ।
२०० बढी सरकारी वेव साइट ह्याक गरेको अभियोगमा गत चैत्र ७ गते पक्राउ परेका उनी बैशाख २ गते प्रहरी हिरासतबाट छुटेका थिए । नेपाल टेलिकमलगायत विभिन्न सरकारी निकायको वेवसाइट ह्याक गरेको अभियोगमा उनलाई साइबर अपराध अन्तर्गत मुद्धा चलाइएको छ ।
सिए सरोकारसँग कुराकानी गर्दै उनले नेपाल टेलिकम, स्वास्थ्य मन्त्रालय, महालेखा परीक्षकको कार्यालय लगायतको वेव साइट सुरक्षित नभएको दावी गरेका छन् ।
यस्तै आइक्यानको वेव साइट सुरक्षित छ वा छैन भन्ने बिषयको प्रश्नपछी आइक्यानको वेव साइट हेर्दै उनले भने, ‘यस विषयमा हेर्नुपर्छ । म हेरेर खबर गर्छु । ‘



प्रतिक्रिया दिनुहोस्