ऋषिराम अधिकारी
दिल्ली ब्यूरो

हातेमालो नेपाली विद्यार्थी समूहले गत आइतबारको दिन दोश्रो फाइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता लक्ष्मीनगर स्थित ललितापार्कको खेल मैदानमा सम्पन्न गरिएको थियो। १४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो।

फाईनल खेलमा स्टार-११ फुटबल क्लवले रियल यूनाइटेडलाई पराजित गर्दै उक्त प्रतियोगिताको प्रथम स्थान हाशिल गरेको थियो। स्टार-११ कैलाश श्रेष्ठ र रियल यूनाइटेड प्रसित शर्माको कप्तानीमा फाइनल खेलमा मैदानमा उत्रिएका थियो। प्रथम स्थान हाशिल गरेको स्टार-११ ले भा.रु. ६,००० प्राप्त गरेको थियो भने दोश्रो स्थान हाशिल गर्ने रियल यूनाइटेड ले भा.रु. ४,००० प्राप्त गरेका थियो।
नेपाली र भारतीय दर्शकहरुको उपस्थिती रहेको उक्त प्रतियोगितामा सबैले खेलको मज्जा लिएका थिए। एकै दिनमा सबै खेल सम्पन्न गरिएको प्रतियोगिताले नेपाली विद्यार्थी माझमा रमाइलो गर्ने वातावरण जुटाइदिएको थियो। हातेमालो नेपाली विद्यार्थी समूहले नयाँ दिल्लीमा यस्ता खालको कार्यक्रमहरु बेला बखतमा गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्