सिए विद्यार्थी भेषराज देवकोटाका हाइकुहरु सिए सरोकार संवाददाता १० आश्विन २०७२, आईतवार ००:५७ छैन वसमा न लगाम कुनै छ दौडन्छ त्यसै! कस्तो चिज यो साँच्चै अजब रैछ मान्छेको मुटु! न खुशी थाम्छ न थेग्छ प्रहार नै मेरो हृदय! दुर्बलताको हर सिमा नाघेर टुक्रियो आज! जोगाएँ कत्ति मुटु मेरो काँचको टुट्यो यो आज! मेरो साहस र, यो आत्मविश्वास भत्कियो सँगै
प्रतिक्रिया दिनुहोस्