Skip to content

फेसबुकमा यौनजन्य सामाग्रीहरु पोस्ट भएर सिएहरु हैरान, उमेद्वारहरु झन् तनावमा !

अहिले फेसबुक आफुलाई थाहै नभई आफ्नो नामबाट अरुलाई ट्याग हुने अथवा अरुको नामबाट आफुलाई ट्याग हुने समस्या भाइरल भएको छ । यसले धेरैलाई टाउको दुखाएको छ । यसको मारमा धेरै सिए हरु पनि परेका छन्।  देशका केहि बरिष्ट सिए हरु पनि यसले हैरानीमा छन्।  झन् चुनावको बेलामा यस्ता सामाग्री अह्रु पोस्ट भएर उमेद्वारहरु झन् हैरानीमा छन्।

त्यस्तो फोटो/भिडियो साबधानीसाथ डिलिट गर्नुपर्छ । डिलिट गर्ने बेला साबधानी अपनाएन भने फूट/भिडियोमा क्लिक हुन् सक्छ । तपाईको आईडि हयाक भएको खण्डमा केहि समयकालागि डिएक्टिभेट गर्नुहोस् र तपाईका साथिहरुलाई आईडि हयाक भएको खबर स्टयाटस मार्फत या अन्य कुनै माध्यम मार्फत गराउनु होस् ।

त्यस्तै तपाईको टाईमलाईनमा ट्याग गर्न नमिल्ने बनाउनुहोस् । त्यसैगरी कसैको टाईमलाईन या पोष्टमा त्यस्तो सामाग्रि देखे या फेला पारेमा तुरुन्त सम्बन्धित ब्यक्तिलाई खबर गरिदिनुहोस् । नचिनेको ब्यक्ति या चिनेको ब्यक्तिबाट आएको अस्लिल, शंकास्पद सामग्रीलाई नखोल्नुहोस् ।तल फोटोमा देखाइए जसरी आफुलाई ट्याग गरेको सामग्रीमा यस्तो सेटिङ् गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्