Skip to content

आऊ, संविधानको स्वागत गरौँ !, सिए विद्यार्थी भेष राज देवकोटाको कविता

दौरा-सुरुवाल नभेट्दा म सुर्तामा छु
तिमी सग्लो पहिचान खोज्छौ होला
म संघियतालाई विषको बिउ देख्छु
तिमीलाई पुर्ण अपनत्व चाहिएको होला
म लेन्स लिएर सामर्थ्य खोज्दैछु
तिमी पहिचानलाई प्राण मान्छौ होला!

मलाई निरपेक्षता रत्तिभर पचेको छैन
तिमीलाई गाईमाथी घोर आपत्ती होला
मैले संप्रभुत्ताको सुत्र मान्ने ‘र’ बचेको छैन
तिम्रो ‘वा’भन्दा पनि उदारताप्रति आशक्ति होला
मलाई पोशाकबिनाको देश पचेको छैन
तिमीलाई अझै दौरा-सुरुवालकै त्रास होला !

सयौँ आपत्ति र हजारौँ तुषका बिच
तिमी जञ्जिर तोडेर आऊ,
म आफ्ना तुच्छ विचार त्यागेर आउँला
आऊ, संयुक्त ‘नोट अफ डिसेन्ट’ लेखौँ
र, आऊ सँगसँगै दिपावली गरौँ
आऊ, बनिसकेको संविधानको स्वागत गरौँ!

मेरा चाहना अपुरा होलान्
तिम्रा नयन अतृप्त होलान्
तर आऊ, एकताको गीत गाऔँ
हामी आ-आफ्नै भाषा/लवजमै गाउँला
तर आऊ, एकसाथ एकै तालमा नाचौँ
बरु फुर्सदमा लड्दै गरौँला!

अग्ला डाँडाकाँडाका वारिपारी हुर्किँएर
झिना खुशीहरुमै अतिबिघ्न फुर्किँएर
तिम्रो र मेरो रङ समान नहोला
विरोधीले ‘पयर’ लगाइसक्दा, हाम्रो मन समान नहोला
तर पनि आऊ, दिपावली गरौँ
बनिसकेको संविधानको स्वागत गरौँ!

असहमतीलाई आपसमै मिलाउँला
दुषित ब्वाँसाहरुलाई खेल्न दिन बन्द गरौँ
संक्रमणकाल तत्काल अन्त्यगरौँ
आर्थिक सम्वृद्दि र विकासले केही घाउ मेट्लान्
बाँकी भाइचारा र स्नेहले मेटौँला
आऊ,बनिसकेको संविधानको स्वागत गरौँ!
आऊ, संविधानको स्वागत गरौँ!

दौरा-सुरुवाल नभेट्दा म सुर्तामा छु
तिमी सग्लो पहिचान खोज्छौ होला
म संघियतालाई विषको बिउ देख्छु
तिमीलाई पुर्ण अपनत्व चाहिएको होला
म लेन्स लिएर सामर्थ्य खोज्दैछु
तिमी पहिचानलाई प्राण मान्छौ होला!

मलाई निरपेक्षता रत्तिभर पचेको छैन
तिमीलाई गाईमाथी घोर आपत्ती होला
मैले संप्रभुत्ताको सुत्र मान्ने ‘र’ बचेको छैन
तिम्रो ‘वा’भन्दा पनि उदारताप्रति आशक्ति होला
मलाई पोशाकबिनाको देश पचेको छैन
तिमीलाई अझै दौरा-सुरुवालकै त्रास होला !

सयौँ आपत्ति र हजारौँ तुषका बिच
तिमी जञ्जिर तोडेर आऊ,
म आफ्ना तुच्छ विचार त्यागेर आउँला
आऊ, संयुक्त ‘नोट अफ डिसेन्ट’ लेखौँ
र, आऊ सँगसँगै दिपावली गरौँ
आऊ, बनिसकेको संविधानको स्वागत गरौँ!

मेरा चाहना अपुरा होलान्
तिम्रा नयन अतृप्त होलान्
तर आऊ, एकताको गीत गाऔँ
हामी आ-आफ्नै भाषा/लवजमै गाउँला
तर आऊ, एकसाथ एकै तालमा नाचौँ
बरु फुर्सदमा लड्दै गरौँला!

अग्ला डाँडाकाँडाका वारिपारी हुर्किँएर
झिना खुशीहरुमै अतिबिघ्न फुर्किँएर
तिम्रो र मेरो रङ समान नहोला
विरोधीले ‘पयर’ लगाइसक्दा, हाम्रो मन समान नहोला
तर पनि आऊ, दिपावली गरौँ
बनिसकेको संविधानको स्वागत गरौँ!

असहमतीलाई आपसमै मिलाउँला
दुषित ब्वाँसाहरुलाई खेल्न दिन बन्द गरौँ
संक्रमणकाल तत्काल अन्त्यगरौँ
आर्थिक सम्वृद्दि र विकासले केही घाउ मेट्लान्
बाँकी भाइचारा र स्नेहले मेटौँला
आऊ,बनिसकेको संविधानको स्वागत गरौँ!

प्रतिक्रिया दिनुहोस्