
आइक्यानको आयोजनामा दोश्रो सिए करियर एक्स्पो आयोजना हुने भएको छ । आइक्यानबाट सम्बन्धन लिएका विभिन्न संस्थाहरुको प्रायोजनमा उक्त करियर एक्स्पो संचालन हुन लागेको हो । यहि जेठ १ र २ गते उक्त करियर एक्स्पो संचालन हुन लागेको हो । काठमाडौँ ट्रेड टावर, थापाथलीमा उक्त एक्स्पो आयोजना हुनेछ ।

बिगतको बर्ष यो एक्स्पो खासै फाइदाजनक नभएको बताउने इन्स्टिच्युट पनि आइक्यानको सम्बन्धन भएकै कारण बाध्य भएर यस एक्स्पोमा भाग लिएका छन् । आफ्नो र आफ्नो संस्थाको नाम उल्लेख नगर्ने सर्तमा एक सिए इन्स्टिच्युटका संचलाकले भने, ‘हामीलाई थाहा छ, यो एक्स्पोबाट कुनै फाइदा हुनेवाला छैन । तर पनि सम्बन्धन प्राप्त संस्था भएकाले भाग लिनै पर्यो ।’
यो एक्स्पो गर्न आइक्यानको खासै तयारी छैन भने केहि ठूला सिए इन्स्टिच्युटले मौन रुपमै भएपनि यो एक्स्पोलाई बहिस्कार गरिरसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्