हुन त चुनावमा जसरी पनि मतदाताहरु बढाउने कुरामा नै सबैको ध्यान हुन्छ। तर आफुहरुलाई ‘प्रोफेसनल’ भन्न रुचाउने केहि सिएहरुको ‘अन प्रोफेसनल’ ब्यबहार अहिले चर्चामा छ। कतिपय उमेद्वारहरु आफ्नो एजेन्डा भन्दा पनि अरुको कमजोरी लिएर चुनावका लागि मत मागिरहेको भेटिएको छ।
नयाँ बानेश्वरको एक क्याफेमा आईक्यानको आशन्न चुनावका एक उमेद्वार गफिंदै थिए,” त्यस्तालाई भोट दिएर पनि हुन्छ,न केहि भिजन छ, न आईक्यानको बारेमा थाहा छ। दुई चार जनाको अगाडी बोल्ने हुती छैन, त्यस्ताले जितेर न तपाईलाई फाइदा हुन्छ न हामीलाई। ” आफुसँग भोट माग्न आएका ती उमेद्वारले पुरै छलफलको बसाँईमा आफ्नो एजेन्डा नराखेको सिए सरोकारलाई बताए। मैले ‘फलानो’ लाई पहिलो भोट दिने बिचार गरेको छु, तपाईलाई दोश्रो भोट दिन्छु मात्र के भनेको थिएँ उनले सुरु गरिहाले अरुको कमजोरीको वृति वृतान्त।
यस्तै अर्को गफ काठमाडौँको एक अडिट फर्ममा चल्दै थियो। ” तपाइँ-हामी भनेको यहि पेसा गरेर खाने हो। आईक्यानको नियम बिपरित काम गर्ने, १५००० मा अडिट गर्ने, त्यस्तालाई पनि भोट दिने तपाईं ? “ केहि बेर त ति मतदाताले उमेद्वारको कुरा मान्दै मानेनन् तर कुनै एक उमेद्वारको कुरालाई लिएर थुर्पै उदाहरण दिएपछी अन्त्यमा उक्त उमेद्वारलाई थाहा नदिने सर्तमा ति मतदाताले तिनीलाई एक नम्बर भोट हाल्न तयार भए।
“अरे सर ! तिनले त कन्फर्म जितिहाल्छन् नि ! तपाइको भोटले तिनलाई केहि असर गर्दैन क्या ! यो कुरा कसैलाई नभनौंला तर मलाई तपाइंको एक नम्बर भोट चाहियो।” यो अर्को भोट बार्गेनिंङ फण्डा थियो। केहि बेरको व्यक्तिगत कुराकानी केहि ब्यबसायिक कुरा र केहि बार्गेनिंङपछी उनी पनि उक्त उमेद्वारलाई भोट दिन तयार भए।
केहि समयपछी सिए सरोकारकर्मीलाई फोन गर्दै उक्त उमेद्वारका निकै निकट मानेकाले सुनाईहाले ” बुढाले गफै दिएर आज अरुका तीन भोट खोसे यार !” आफु पनि उक्त उमेद्वारलाई चुनाव जिताउन लागि परेको बताउने उनले सिए सरोकारकर्मीलाई पनि आफुलाई साथ दिन आग्रह गरेका थिए। ” अनि चुनावमा भोट माग्दा आफ्नो एजेन्डा सुनाउने कि अरुको कमजोरी बताउने त ? ” भन्ने सिए सरोकारको प्रश्नमा उनी बोले ‘यो चुनाव हो यार ! याहाँ जे पनि चल्छ ! लौ त भोलि यसो टाइम मिलाएर भेटौंला , उनले युद्ध नै जिते जसरि खुशी हुँदै फोन राखे।
प्रतिक्रिया दिनुहोस्