
आफ्नो नाम नाबताउने सर्तमा एक जना सिएले आफुलाई नेपाल बोर्डका सिएहरुलाई भोट नहाल्न विभिन्न अन्य उमेद्वारहरुले आग्रह गरेको बताएका छन्। आफु भारतीय बोर्डबाटै उतिर्ण भएको भए पनि चिनजानका आधारमा नेपाल बोर्डका एक उमेदवारलाई भोट हाल्ने मनस्थितिमा रहेको बताउंदै उनले ‘भारतबाट सिए उतिर्ण गरेका सिएहरुका पक्षमा विभिन्न निर्णयहरु गर्न सजिलो हुने भएकाले’ त्यसका लागि नेपाल बोर्डका कसैलाई भोट नहाल्न आग्रह गरेको बताएका छन्।
यता नेपाल बोर्डबाट उतिर्णहरुले भने कुनै पनि हालतमा आईक्यानमा नेपाल बोर्डबाट उतिर्ण सिएहरुको प्रतिनिधित्व हुनुपर्ने बताएका छन्। “हामी सकेसम्म दुवै उमेद्वारलाई जिताउने कसरतमा लागेका छौं। आईक्यान हाम्रो हो र हाम्रा मुद्धाहरु बलियो हुनुपर्छ !” एक सिएले सिए सरोकारलाई बताए। सिए बजार मै नेपाल बोर्डका सिएहरुलाई हराउन विभिन्न खालका षडयन्त्रहरु भईरहेको भए पनि त्यस्ता षडयन्त्रहरु अन्तत: पराजित हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्