ए बा!
मैले घर टूक्राउछु भनेको हैन
परिवारबाट छुट्टीन्छु त झन् भनेकै छैन
किन कुरा बुझ्दैनौ बा१
अब त मेरो धैर्यताको बाँध टुटीसक्यो
सहनशुन्य क्षमता मेरो लुटिईसक्यो,
धेरै भयो मैले, मेरो श्रीमती अनि छोरीले
जीर्णता, अहमंता र संकुचनलाई काखी च्यापेको
मेरो घर मेरो प्राण भन्दै खोक्रो नारा घोकेको।
किन कुरा नबुझेको बा!
आगोको फिलुंगोमाँ निन्द्रा लाग्छ ररु
यी तातो हावाको दुर्गन्धहरुबीच
चार दिवालभित्र गुम्सीएर
गार्हो हुँदैछ श्वास फेर्न स्वतन्त्रताको,
हुर्कदै गरेकी सानी छोरीलाई
पिंजडाझैं कोठा र सिस्नुघारी आँगनमा
गार्हो छ खुम्चाउन उनको जीवनको स्वछन्दतालाई।
श्रीमतीको कुरामा उक्सियो नभन बा!
उनले आफ्नो र हाम्रो हक़ जताएको मात्र हो
अभिव्यक्तिलाई कसरी भड्काव भन्छौ बारु
हेर१ तिम्रा ज्ञानचक्षु निस्तेज हुदैछन् बिस्तारै।
तिमी बुढो भईसक्यौ,
समयको आवाजलाई सुन्न छाडीसक्यौं
परिवर्तनको पदचाप हिड्न भुलीसक्यौं,
यो घरको खम्बाजस्तै तिम्रा हांडहरुले
उद्वेगको फूल(वजन थाम्न छोडीसक्यौं
तिमी बुढो भईसक्यौं बा१
ए बा!
हेर१ भाईको ताल झन् बेताल छ
भाउजुलाई खिसीट्युरी गर्छ रे नजान्दा बोल्न
उपहासमा बंग्याईदिन्छ रे पूर्खाको ईतिहासलाई
अब आफै भन न बा,
भाषामा लाजको बिम्ब बोकेर हामी कसरी बाँच्नुरु
ईतिहास र पूर्खाको अपव्याख्यामा हामी कसरी दण्डित हुनुरु
आफ्नैले पिर(मर्का यदि बुझ्दैनन् भने
अवहेलनाको कांडाहरुमा हामी कसरी हाँस्नुरु
तिमी निर्दयी भईसक्यौं बा!
लांलटीनको मधुरो प्रकाशमा छोरी
भित्ताका आफ्नै छायाँदेखी डराउछे,
लिस्नुको मक्किएका अख्लेटो चढ्दै
आफ्नो घाईते सपनादेखी चिच्याउछे।
यो घर धेरै सांघुरो भईसक्यो
पाइतालाको गति नथाम्ने भईसक्यो,
मुटुको बद्लिदो धड्कन बोक्न नसक्ने
यो घर धेरै कमजोर भईसक्यो।
भाईको स्वभावजस्तै यो घरको
दलिनहरूमा माउं लागीसक्यो,
तपाईको दृष्टिकोण जस्तै यो घरको
भान्साका भित्ताहरू धमिला भईसके।
भाईको दुहाई नदेऊ बा मलाई, ढूकुटीको चाबीले उसको मुख बन्द छ
वारीसनामा र आश्वासनका पुराना कागजातहरुले, उसको विचार मन्द छ।
लोककथामा खाजा बाड्ने बाँदर जस्तै
छुरा(छिमेकीलाई नगुहार्नुस् बा,
उन्युंमा आगो लगाएर म बिरुद्ध भाई उचाल्ने
कुरा(छिमेकीलाई नगुहार्नुस्।
ए बा!
छिमेकीलाई समस्यामा गुहारेपछी
छिमेकीले समस्यालाई मुसारेपछी,
आफुलाई लुटाएर कुमारीत्व खोज्नुमा आभूषण छैन
म त समानताप्रति समर्पित ज्वांला हूँ,
म आफ्नै गृहस्थलाई घात गर्ने बिभीषण हैन।
त्यसैले, मेरा आदरणीय बा१
यो घर भत्काऊनै पर्छ
दह्रो फराकीलो घर बनाउनै पर्छ,
थेप्चो नाककी बुहारी अटाउनै पर्छ
छोरीले उज्यालोमा पढ्नु पाउनु पर्छ।
त्यसनिम्ती बा,
मेरी छोरीले विकल्प रोज्नु अघि
छिमेकीले धुरीमा आगो झोंस्नु अघि
तपाईले छाती अदम्य पार्नुपर्छ,
युग परिवर्तनको थोपा थोपा महासागरमा
अन्तिम पटक तपाईले स्नान गर्नुपर्छ।
सुधन महत
काठमाडौँ
प्रतिक्रिया दिनुहोस्