Skip to content

एकताको सन्देश दिदै लक्ष्मीनगरमा होली मनाइने


सबै नेपाली विद्यार्थी एक तर होलीका रंग अनेक ” भन्ने मूल नाराका साथ
२४ मार्च २०१६ का दिन लक्ष्मीनगरको ललिता पार्कमा सीए नेपाली विद्यार्थी
संघ, हातेमालो नेपाली विद्यार्थी समूह र नेपाली स्टूडेन्ट्स हेल्पिङ्ग
ह्याण्डस्को संयुक्त आयोजनामा होली कार्यक्रम मनाइने तय भएको छ ।  साथै २३
मार्चमा ” कबड्डी कबड्डी ” सिनेमा समेत  देखाइने भएको छ ।

उक्त
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन  ” हामी हाम्रो लागि ” ले गर्नेछ । ”
हामी हाम्रो लागि ” ले बिगत केहि समयदेखि लक्ष्मीनगरमा विभिन्न
कार्यक्रमहरुको ब्यबस्थापन गर्दै आएको छ । दिउँसो १२ बजे देखि ३ बजे सम्म
ललितापार्क लक्ष्मीनगरमा होली मनाइने बताइएको छ।  होली मनाउन कै लागि सबै
संस्था मिलेर विशेष टिसर्ट बनाएका  छन ।

( मोडल आमोद के.सी )
होली
पर्वलाई अझ विशेष बनाउनका लागि सम्पूर्ण सीए विद्यार्थी संगठनहरु मिलेर
टपर्स इन्स्टिच्युट १/५२ मा २३ मार्च २०१६ का दिन बेलुका ६ बजे बहु चर्चित
सिनेमा  ” कबड्डी कबड्डी ” देखाइने भएको छ । टिसर्ट खरिद गर्दा प्रदान
गरिने विशेष कुपन भएको खण्डमा उक्त सिनेमा रु २० मा हेर्ने सकिने अन्यथा रु
५० सहयोग रकमले  र त्यसबाट प्राप्त भएको रकम क्यान्सर पीड़ित रोगीहरुको
हेरचाहमा संलग्न संस्था ” जिन बन्धु ” लाई सहयोगको रूपमा प्रदान गरिने
बताइएको छ ।

कार्यक्रममा भारत भरिका विशेष अतिथि लगायत
विद्यार्थीहरुको उपस्थिति रहने छ । यसका साथसाथै उक्त दिन मुस्ताङ 
कार्निवल रेस्टोरेन्टमा  विभिन्न नेपाली  खानाका परिकारहरुको समेत मज्जा
लिन सक्ने व्यवस्था ” हामी हाम्रो लागि “ले गरेको छ  । 

यसरी
विभिन्न सीए अध्यनरत विद्यार्थीहरुको संस्थाहरु एकै ठाउँमा आई कार्यक्रम
गर्नाले प्रवाशमा रहेका सम्पूर्ण नेपालीहरुमा एकताको एउटा राम्रो सन्देश
आयोजकको भनाइ  छ  ।

प्रतिक्रिया दिनुहोस्