
“एक्यानको पार्टीमा आउनु भएन नि ?” सिए सरोकारको प्रश्न भुइँमा खस्न नपाउंदै नेपाली बजार एक चर्चित सिए बोले “अब आफ्नो भोट छ एउटा ! दिन्छु भनेको छु दुई जनालाई ! अब त्यहाँ आएपछी हल्का (रक्सि) दिनै पर्यो। खाएको बेला खुस्क्यो भने त खुस्कि हाल्यो नि ! ” “तपाइँजस्तो दुई ठाउँमा भोटको प्रतिज्ञा गर्ने थुप्रो छन् होला है ? ” भन्ने सिए सरोकारको प्रश्न मा उनी भन्छन्, “धेरै त नभनौं बजारमा ५० बढी यस्तै भोट छन्। “
भर्खरै सिए पास गरेका अर्का एक सिए पनि आफुले दुई ठाउँमा भोट प्रतिज्ञा गरेको सुनाउंछन्। ” एक जना आफ्नै फर्मको मान्छे भोट दिन्छु भन्नु परिहाल्यो। अर्को झन् बेलामा आफुलाई सहयोग गरेको मान्छे , आफ्नै फर्मको मान्छे उमेद्वार भए पनि तपाइँलाई दिन्छु भन्नु परिहाल्यो ” उनी भन्छन्। उनी पनि पहिलो भोट कसलाई दिन्छु भन्ने कुराको भने अझै टुंगो नलागेको तर प्रतिज्ञा भने दुई जनालाई दिएको बताउँछन्। यसरि बजारमा दुई जिब्रे भोटरहरुको बिगबिगी रहेको बुझिएको छ।
कतिपय उमेद्वारहरुलाई भने यस्ता भोटरको बारेमा राम्रो जानकारी छ। “को आफ्नो भोटर हो को अर्काको भन्ने अलि अलि छिन्न थालेको छु।” आईक्यानको चुनावमा उमेद्वारी दिएका एक सिएले बताए।
प्रतिक्रिया दिनुहोस्