Skip to content

फोकलद्वारा लघुकथाकार डा रविन्द्र समीरसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न


नेपाली कला र साहित्यलाई माया गर्ने लक्ष्मीनगरमा रहेका सी.ए. अध्ययन गरिरहेका विद्यार्थीहरुको अनौपचारिक समूह “फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल”ले यही आइतबार ३ अप्रिलमा चर्चीत लघुकथाकार तथा साहित्यकार डा रविन्द« समीरसंग अन्तरक्रिया  तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

अनौपचारिक रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रम प्राइम सी.ए.को सभाहलमा भएको थियो । कार्यक्रममा डा.रविन्द« समीर लगायत दिपा भण्डारी र टि.पी. भण्डारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले आ–आफ्ना प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए । संगै नेपाली साहित्यका विभिन्न क्षेत्रहरु विशेष गरी लघुकथामा सहभागीहरुले आफ्ना जिज्ञासाहरु डा. रविन्द« समीरसंग राखेका थिए । 

अन्तत्र्रिmयाबाट सहभागीहरुले साहित्य लेखनमा एउटा उत्प्रेरणा तथा मार्गदशन मिलेको सी.ए. सरोकारलाई बताएका छन् । फोकलले यसरी मासिक भेला वाहेक अन्य भेला गरेको यो पहिलो पटक हो र अगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता सहभागीहरुले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्