Skip to content

सीए उत्सव २०१६ सम्पन्न, नेपाली सीए विद्यार्थीको सहभागिता घट्दै

ऋषिराम अधिकारी 
दिल्ली ब्यूरो 
एन.आई.आर.सी, आईसीएआईले हिजो नयाँ दिल्लीको तालकटोरा स्टेडियममा सीए उत्सव कार्यक्रम सम्पन्न गरेको छ। सीए डेको पूर्व सन्ध्यामा आयोजन गरिएको उक्त कार्यक्रममा सीए लगायत सीए विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।  
प्रमुख अतिथि भारतका बिज्ञान तथा प्रविधि मंत्री डा. हर्ष वर्धन रहे पनि उनको उपस्थिति रहेको थिएन। विशेष अतिथि आईसीएआईका अध्यक्ष सीए याम. देवराजा रेड्डी रहेका थिए। यसैगरि कार्यक्रममा आईसीएआईका उपाध्यक्ष सीए नीलेश शिवजी विकामसे, आईसीएआईका सेन्ट्रल काउन्सिल मेम्बर र एनआईआरसीका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। 
कार्यक्रमको पहिलो खण्डमा पि.यस राठौरले मोटिवेशनल क्रियाकलाप गरेर उपस्थित सबैलाई आत्मबल बढाएका थिए। दोश्रो खण्डमा नाच, गान लगायतका कार्यक्रमले सबैलाई मनोरञ्जन तुल्याएको थियो। 
सीए सरोकारसंग कुराकानी गर्दै आईसीएआईका सेन्ट्रल काउन्सिल मेम्बर राजेश शर्माले यस कार्यक्रमले दैनिक पठन-पाठनमा व्यस्त भएका सीए विद्यार्थीहरुमा केही राहत महसूस हुने बताएका थिए। ऊनि भन्छन्-” जब सीएहरु देशमा स्थापित भए तब देखि देशको अर्थतन्त्र उच्च स्थरमा बढिरहेको छ। हरेक आर्थिक क्षेत्र, ब्यापार, कम्पनी लगायतमा सीएको उल्लेखनीय योगदान भएको कारणले नै देशको विकास भइरहेको छ।” नेपाली भाषामा बोल्दै उनले सबै नेपाली सीए तथा सीए विद्यार्थीलाई सीए डेको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए। 
सधै झै नेपाली सीए तथा सीए विद्यार्थीहरु पनि उक्त कार्यक्रममा उपस्थित रहेका थिए तर न्यून रूपमा। उक्त कार्यक्रममा को-ओर्डिनेटर नेपाली विद्यार्थीहरुको रूपमा दिवाकर पाण्डे, प्रदिप सागर रोकाया, सुनील बुढाथोकी, सुमन पाण्डे, नवराज गौतम, विज्ञान रेग्मी, दिलिप थापा, सञ्जीव शिवाकोटी, रोहित ज्ञवाली, सुमन ज्ञवाली, नितेश यादव, माधव कुमार न्यौपाने, शरद तिवारी र मनोज कुमार सिंह गरी १४ जना नेपाली सीए विद्यार्थी रहेका थिए।  
कार्यक्रमको बारेमा बोल्दै सुमन पाण्डेले यो पटकको कार्यक्रमको उचित बिज्ञापन नभएको कारणले सहभागिहरुको राम्रो उपस्थिति नरहेको बताएका थिए। अर्का को-ओर्डिनेटर दिवाकर पाण्डेले एनआईआरसीले कार्यक्रमको बारेमा धेरै विद्यार्थी माझ सुचना पुर्याउन नसकेको र नेपालबाट सीए अध्ययन गर्न भारत आउने विद्यार्थीको मात्रा पनि घटेको कारणले नेपालीहरुको सहभागिता पछिल्लो कार्यक्रमहरु भन्दा अली कम रहेको बताएका थिए। नवराज गौतम भन्छन्-“यस्तो कार्यक्रममा को-ओर्डिनेटरको भुमिका निभाउन पाउदा आत्मबल बढ़ने र व्यक्तित्व विकाशमा अझै टेवा पुग्ने गर्दछ।” 
आईसीएआईले हरेक वर्ष जुलाई १ तारिकको दिन सीए डे बनाउदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्