
केहि दिन यता आफु निकट सिए इन्स्टिच्युटमा विद्यार्थीको फलो बढाउन अनेकौं जुक्तिहरु निकालेका आइक्यान अध्यक्षले हिजो केहि त्यस्ता प्रयासहरु गरेका थिए । हाल मलेसियामा रहेका आइक्यान अध्यक्षले नेपालमा आफु निकटका आइक्यानका केहि पधाधिकारीहरु र कर्मचारीहरुलाई अरु सिए इन्स्टिच्युटका बारेमा गलत प्रचारबाजी गर्न निर्देशन दिइसकेको स्रोतको दावी छ । अव यस्ता काम गर्दैछन आइक्यान अध्यक्ष :
- सिए अन्तर्गत आइक्यान र आइसीएआइ अन्तर्गत सबैभन्दा बढी विद्यार्थी पढाउने प्राइम सिए अध्यक्षको मुख्य टाउको दुखाइको बिषय बनेको छ । प्राइम विरुद्ध गलत प्रचार गर्न सके आफु सफल हुने मनसायका साथ आइक्यानका उपाध्यक्ष महेश खनालको सहयोगमा उनले प्राइम विरुद्ध निरन्तर गलत प्रचार गर्ने प्लान तयार गरिसकेका छन् । त्यसका लागि चाहिने मानव स्रोत र खर्चको ब्यबस्था पनि आइक्यान अध्यक्षले गरीसकेका छन् ।
- बिराटनगरमा राम्रो गरीरको मेरिल्याण्ड एप्लाईड, उनी निकटका सिए इन्स्टिच्युटको अर्को टाउको दुखाइको बिषय बनेको इलाइट इन्स्टिच्युट अफ मेनेजमेन्ट, चैतन्य सिए, केएमसीपीइ, लगायतका सिए इन्स्टिच्युटका बारेमा गलत प्रचार गर्न पनि अध्यक्षले सम्बन्धित उनी निकटका व्यक्तिलाई निर्देशन दिइसकेका छन् ।
- उनी निकटका केहि सिए इन्स्टिच्युटलाई राम्रो देखाएर अरुलाई नराम्रो देखाउन लागि परेको समाचार सिए सरोकारले सार्वजनिक गरेपछि उनी आफु निकटका केहि सिए इन्स्टिच्युटका बारेमा पनि ठुलो असर नपर्ने गरी केहि नकारात्मक जस्तो देखिने प्रचार अगाडी ल्याउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेका छन् । सीमाको प्रचारात्मक सामाग्री आइक्यानमा रहेको लगाएतका विषयहरु ठुलो असर नपर्ने गरी बाहिर ल्याउन उनले निर्देशन दिइसकेको स्रोत बताउँछ ।
- आइक्यानका विभिन्न नियम उपनियमको अपव्याख्या गर्दै सीमालाई कम र अरुलाई बढी नकारात्मक प्रचार गरेर सीमामा विद्यार्थीको फ्लो बढाउने दाउमा आइक्यान अध्यक्ष छन् ।
- यो बीचमा उनले आफु निकटका केहि सिए, केहि आरएहरुका विरुद्धमा पनि गलत प्रचार गर्न राम्रो रकम खर्च गर्न लागेको स्रोत बताउँछ ।
- मलेसियाबाट फर्के लगत्तै सबैकाम कारवाही बारे आइक्यानका कर्मचारी माधव नारायण कक्षपतिलाई सोध्ने, उनलाई स्पष्टिकरण लिए जस्तो गर्ने र आफ्नो ‘प्लान बि’ सफल बनाउने उनको योजना छ । यसका लागि उनले केहि व्यक्तिको साथ लिएको, विद्यार्थीहरुलाई यस बिषयमा उकास्न के गर्न सकिन्छ भन्ने परामर्श लिएको लगायतका कुराहरु गरेको समेत स्रोतले सिए सरोकारलाई बतायो ।
- सिजनका बेला लगातार सबै इन्स्टिच्युटहरुबारे गलत प्रचार गर्ने, उनी निकट सिए इन्स्टिच्युटको पनि केहि गलत प्रचार गरेजस्तो गर्ने लगायतका योजना उनले बनाएका छन् ।
- यो बीचमा मोफसलका सिए इन्स्टिच्युटका बारेमा समेत गलत प्रचार गर्न समेत उनले योजना अनुरुप आवश्यक तयारी गरिसकेका छन् ।
- सिए सरोकारमा आएका कतिपय समाग्रीहरुका बारे सार्वजनिक रुपमै बोल्ने, र सम्बन्धित ठाउँमा केहि सिए इस्न्तिच्युट र सिए सरोकार विरुद्ध उजुरी गर्ने समेत उनको तयारी रहेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्