
आजको अन्नपूर्ण पोष्ट हेर्नुभयो ? कतै तपाईं आजको अन्नपूर्ण पोष्ट हेरेकै भरमा सिए पढ्ने सोच त बनाउनु भएको छैन ? यदी छ भने एकछिन पर्खनुहोस्, आजको अन्नपूर्ण पोष्टमा केहि भ्रामक कुराहरु लेखिएको छ । बुँदागत रुपमा हेर्नुहोस्, के के गल्ती छन् आजको अन्नपूर्ण पोष्टको सिए बिशेष अंकमा :
- विद्यार्थीले तीन तहमा पढ्नुपर्ने बिषय ६ वटा मात्रै लेखिएको छ । सिएको दोश्रो तह क्याप टुमा कुल ७ बिषयको परिक्षा दिनुपर्छ । क्याप टुमा पढ्नु पर्ने ‘इन्कम ट्याक्स एण्ड भ्याट बिषय उक्त सूचीमा छुटेको छ ।
- पत्रिकामा छैटौं पेपरको नाम गलत लेखिएको छ। पत्रिकामा लेखिएजस्तो ‘अन्यालाइसिस कमुनिकेशन एण्ड मार्केटिङ’ भन्ने बिषय क्याप टुमा छैन । छैटौं पेपर ‘बिजनेश कम्युनिकेशन एण्ड मार्केटिङ’ हो ।
- आइक्यानले जारी गरेको सुचनामा सम्बन्धन प्राप्त दुइ संस्थाको नाम झुक्किने गरी लेखिएको छ । आइक्यानको वेव साइटमा सुचिकृत गरिएको नाम ‘इलाइट इन्स्टिच्युट अफ मेनेजमेन्ट’ लाइ ‘EIFA प्रालि लेखिएको छ भने, ‘मेरिल्याण्ड अप्लाइड सिए एकेडेमी’ हुनुपर्ने ठाउँमा उक्त सिए इन्स्टिच्युटको र्पबर्धक संस्थाको नाम लेखिएको छ । यसरी अरु नाम झुक्काएर आइक्यान भित्रै कुनै एक इन्स्टिच्युटको प्रवर्धन गर्ने काम भैरहेको आरोप पनि लागेको छ आइक्यानलाइ ।
- पत्रिकामा आइक्यान अन्तर्गत सिएको पहिलो तह क्याप वानमा प्रवेश गर्न प्रवेश परिक्षा अनिवार्य रुपमा उतिर्ण हुनु पर्छ भनिएको छ, जुन सरासर गलत छ । सिएमा भर्ना हुन कुनै पनि प्रवेश परिक्ष उतिर्ण हुनु पर्दैन ।
- इन्स्टिच्युट संचालकको भनाइमा सिमाका संचालकले आफुहरु पढाइ, अनुभव र नतिजाका आधारमा पहिलो भएको दावी गरेका छन् । यो दावीको आधार के भन्ने अर्को प्रश्न हुन सक्छ । अनुभवको कुरा गर्ने हो भने सीएआइ सबैभन्दा बढी अनुभवी संस्था हो । सीएआइ नेपालको पहिलो सिए पढाउने संस्था हो । नातिजाकै कुरा गर्ने हो भने पछिल्ला ५ बर्षको नतिजामा सीमाको तुलनामा सिएआइ, प्राइम र एओसीको नतिजा अब्बल छ । दावी गर्नु अनुचित होइन, तर त्यसको आधार भने छैन ।
- पत्रिकामा प्रिमियर सिएले आइक्यानबाट सम्बन्धन प्राप्त गरेको भनिएको छ । उसले सम्बन्धन लिएको भएपनि नवीकरण गरेको छैन। त्यसैले उक्त संस्थालाई हाल त्यो दर्जामा राख्न मिल्दैन। आइक्यानले सम्बन्धन परापर संस्थाहरुको सूचीमा समेत उसलाई राखेको छैन । त्यहि पत्रिकामै त्यो भ्रम छचल्किएको छ । प्रिमियरले निरन्तर कक्षा संचालन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्