
आइक्यानले गत १४ अगष्टका दिन प्रकाशित गरेको नतिजामा उत्कृष्ट हुने प्राइमका ९ जना विद्यार्थीहरु सम्मानित भएका छन् । क्याप वानको नतिजामा उत्कृष्ट १० मध्ये प्रथम सहित ९ जना प्राइमबाट छन् । प्राइम सिए परिसरमै आयोजना भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो। उक्त कार्यक्रममा क्याप टुमा कसरि पढ्ने भन्ने विषयमा प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटीले विशेष परामर्श समेत दिएका थिए ।

कार्यक्रमपछि सिए सरोकारसँग कुराकानी गर्दै सम्मानित विद्यार्थीहरुले प्राइमसँगको छ महिने बसाइ निकै नै राम्रो भएको र अन्तत: नतिजा पनि राम्रो आएको प्रतिक्रिया दिएका छन्। प्राइमको वातावरण निकै नै राम्रो भएको बताउँदै विद्यार्थीहरुले प्राइमका दक्ष शिक्षक र उत्कृष्ट वातावरणका कारण आफ्नो सफलता सम्भव भएको समेत बताएका छन्।
कार्यक्रमपछि सिए सरोकारसँग कुराकानी गर्दै प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटीले अविभावक , शिक्षक तथा विद्यार्थी सबैको मेहेनतले गर्दा हरेक पटक झैं यसपाली पनि प्राइम सिएको नतिजा निकै नै राम्रो आएको प्रतिक्रिया दिएका छन् ।विद्यार्थीको पढाइका लागि कुनै पनि ठाउँमा सम्झौता नगर्ने बताउंदै नवराज बुर्लाकोटीले विद्यार्थीको माग अनुसार प्राइम सिए सधैं नै परिस्कृत रुपमा अगाडि बढ्दै जाने बताए।
प्रतिक्रिया दिनुहोस्