आईक्यानले केहि समय अगाडी ल्याएको नियम अनुसार कुनै पनि उपमहानगरपालिकाले रु ५००००० भन्दा कममा लेखा परिक्षण गर्न नपाउने नियम छ। तर यो नियम बिपरित दर्खास्त आएको ५५००० रुपैयाँमा लेखा परिक्षण गर्ने फाइललाई स्वीकृति दिंदै इटहरी नगरपालिकाले लेखा परिक्षण गर्न सम्झौता गर्न आरए सुरेश श्रेष्ठलाई पत्र काटेको छ। सार्वजनिक खरिद एन अनुसार कम शुल्कमा आएको दर्खास्त मान्य हुने भन्दै नगरपालिकाले यस्तो पत्र काटेको बुझिएको छ। अन्य जानकारी आउन बाँकी छ। -नेप्लिज डट ओआरजी बाट
आईक्यानको नियम बिपरित ५५०००मै उपमहानगरपालिकाको लेखापरीक्षण गर्न पत्र

प्रतिक्रिया दिनुहोस्