
नेपाली सिए क्षेत्रमा आफुलाई अब्बल ठहराई सकेको प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटीले प्राइम सिएलाइ प्रविधिको माध्यमबाट प्राइम सिएलाइ भारत भर विस्तार गर्ने योजनामा अध्ययन भइरहेको बताएका छन् । प्राइम सिए दिल्लीको स्थापना भएको केहि समयपछि नै बैंगलोरमा समेत आफ्नो कार्यालय स्थापना गरिसकेको प्राइम सिए बिस्तार भैरहेको बारे सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै उनले प्राइम सिए भारतभर मात्र नभई विदेशमा पनि विस्तार गर्नेबारे अध्ययन गरिरहेको बताए।

‘राम्रो काम राम्रो ठाउँमा विस्तार गर्नु राम्रै हो। विद्यार्थीका हीतका लागि प्राइम सिए जस्तोसुकै कदम चाल्न पनि तयार छ।’ उनले भने। हालसालै उनको दुबई भ्रमणलाइ लिएर प्राइम सिए दुबईमा पनि खुल्न लागेको हल्लाबारे हाम्रो प्रश्नमा उनले भने, ‘ यसपाली म नितान्त व्यक्तिगत कामका लागि दुबई गएको थिएँ। र पनि पेशागत कामहरु त भइ नै हाल्छ। कुनै दिन दुबईमा पनि प्राइम सिए खुल्न सक्छ।
प्रतिक्रिया दिनुहोस्