Skip to content

मलाई चाहि कस्ले सोध्ने, म के चाहन्छु ?, सिए विद्यार्थी तीर्थराज अर्यालको लेख

मलाई चाहि कस्ले सोध्ने, म के चाहन्छु ?

एकजना साथीले सुटुक्क मेसेज गरे , सोर्स चाही खुलाएनन। मधेसी कसलाई भन्ने? मध्य-देश (दक्षिण मा भारतको सिमाना देखि उत्तरमा नेपालको पहाडी सिमाना सम्मको
भुभाग) मा आदिकाल देखि बस्दै आएका मध्य-देसी (मधेसी) मात्र लाई कि?? 


(उत्तर) भारत मामाघर भइ, भद्रपुरमा जन्मे – हुर्केको सुनारको छोरा लाई भन्ने कि, यादब, गच्छदार, महतो थर भएकोलाई मात्र भन्ने कि बाहुन, छेत्री, मगर, तामांग, राईं आदि मधेसमा
बस्नेलाई पनि भन्ने? खैर, बाल्यकाल देखि साथी हरु टन्नै भए, केवल केटा साथी मात्र नभएर केटी साथी पनि हुन्थे। न त बाहुन, न छेत्री, न मगर, न घर्ति, न नेवार, न सार्की, न थारु, न मधेसी ।

 कहिले त्यो डन्डी बियो खेल्दा, म मधिसे , मधेसे भैया त मेरो “टीम” मा भनिएन। न त घर्ति माईलाले म बाहुन लिन्न मेरो “टीम” मा नै भन्यो। स्कुल पढदा बाहुन थ्यो मेरो “बेस्ट फ्रेन”, केही पर्यो कि त्यस्लाई भन्थे ,त्यो नि समस्या परे म नै खोज्थ्यो,
अली ठुलो भए, अग्रवाल (मार्वाडी)
जिग्री भयो – खाजा एकै ठाउँमा खाने, चम्चा अलग नि नचाहिने, जुठो पनि चल्ने, चाहीए त केवल मिठो चाहिने।


११-१२ पड्दा , मगर, कार्की र अर्याल सँग खुब संगत् भयो; झगडा गर्न होस्, या रमाइलो गर्न- मगर, बाहुन र छेत्री सँगै। स्नातक गर्दा चौधरी “लास्टै मिल्ने” थियो, औधी माया गर्ने, भाई भन्दा कम थिएन। पर्दा-मर्दा हेर्ने, के खाइस् , कसो गरिस् भनेर सोध्ने, खै त न मधेसी हेरियो, न थारु। लिम्बु र राईं थ्यो आर्को तिर, मुटु मिल्ने, तलाईं केही परे आधा रातमा फोन गर, म आउछु भन्ने।। अहिले आएर टन्न नेवार साथी छन; महर्जन, श्रेष्ठ। कहिले, त नेवार, त मधेसी भनेर झगडा भएन । त्यही “क्रिकेट” खेल्ने ठाउँमा “टीम” बाडेर खेल्दा नि, सकेपछी फेरी मिलेरै हिडियो। खै त ! बस्यौं त हामी मिलेर।
 बिरगन्ज को बस्नेत र खानसँग असल सम्बन्ध थियो, ईदमा सँगै बसेर खुशी नि बाडियों, दशैमा बसेर तास नि खेलियो, न कुनै जात चहियो, न त धर्म।।
हामी सबै मा चेतना छ, केवल बाहिरी भ्रम र नेताको बाह्य स्वार्थ र आफ्नो स्वार्थ माथि उठेर हेरौ, नेता को पछी लागेर एक ले अर्का लाई सरापेर कसले के पो पायो ? कैलाली घटना भो, बिरगंज र पुर्वी तराईमा दिन दिनै बन्द हडताल छ, मारिने मारिएकै छन, अर्थतंत्र ठप्प छ ! तर प्रतिफल ? धेरै पाए शाहीदको तक्मा र दिएको केही धन? पिडामा छौं हामी, विचार गरौं, जाती र धर्म, प्रदेश र राज्य भन्दा माथि पहिले नेपाली हौ र नेपाली हुनुमा गर्वं गरौं।

एकपटक डा.सशाङ्क कोइरालाले बडो मार्मिक कुरा सुनाउनु भयो । वहाँ अनि बि.पि.कोइराला बनारस बाट पटना जाँदै गर्दा बाटामा मित्र को घरमा चिया खान जानूभएछ । गरिबका बस्ति माझ एउटा मात्र तिनतल्ले घर थियो रे , जहाँ चिया पिउन बस्नूभएको थियो ! बुवाको मित्रलाइ सोध्नु भयो ” यो गरिबहरुको माझ तपाइलाइ
बस्न र खान लाज लाग्दैन ? 

“फेरि तपाइको देशमा त गरिबको लागि
आरक्षण गरिएको छ ? फेरि यिनिहरुको जिबनस्तर किन यस्तो ? भन्दा घरपट्टिले जवाफ दिएछन, “यिन्को गरिबिमा नै मैले राजनिति गर्ने हो, यिन्ले राज्यबाट पाउने सुबिधा मैले दिलाए भने मेरो राजनितिनै बन्द हुन्छ त्यसकारण यिन्को जिवनस्तर उठ्न नदिएको हुँ ।’ र उनै गरीबको नामबाट उनले सधैं राजनिति गर्थे रे । नेपालको तराइ भाग मा बस्ने नेता हरूले पनि यसरी नै जनता लाई आफ्नो ब्यक्तिगत र राजनीतिक साथ – साथै बाह्य स्वार्थको लागि कहिले पनि जीवनस्तर उकास्न दिएनन । 
सीमित बर्ग लाई भड़काएर बिभिन्न लोभ लालच देखाएर आंदोलन को नाम मा देश बिखन्डनमा तल्लिन छन ।

नया दिल्ली मा सी ए अध्यापन गर्ने एकजना नेपाली शिक्षक हुनूहुन्छ, नागेन्द्र शाह । सर को हरेक ब्याचमा चार सय भन्दा बेसि नेपाली र त्यसमा पनि 80% जति पहाडी मूलको स्टूडेंटस हुन्छ । वहां हरू जस्तो ले मनन गर्नूपर्ने हुन्छ , कति जनाले चाहि यो धोति, मधेसी सर , यस्तो उस्तो भनेर हेपेको छ? अनि कतिले चाही हाम्रो सर , नेपाली, भनेर सम्मान इज्जत गर्छन? यदि तपाइलाई यो दृष्टिले हेर्छन भने ति सबैले सारा तराईमूलको दाजूभाई दिदीबहिनि हरूलाई पनि समान सम्मान गर्छन, समान ब्यबहार गर्छन, हेप्दैनन भन्ने कुरा तपाइले बिर्सिनु हुदैन । 

मेरा कैयन तराइ मूलको साथीहरू हुनूहुन्छ , थारु, यादब, शाह, गुप्ता, अग्रवाल, बम, माहतो आदि । न मैले, न मेरो सर्कल को कुनै साथीले, अहिलेसम्म यो धोती या मधेसि भनेर असमान ब्यबहार गरेको देखेको वा भोगेको छैन । अझ बढी आत्मियता महसूस पो गरेको छु । यदि कुरा राज्यको स्रोत बाडफाड र अन्य अधिकार प्राप्तिको लागि हो भने आफ्नो भाई , सुरक्षामा खटिएका प्रहरी लाई भाला रोपेर कुनै हालात मा पाउने होइन । त्यसको लागि त बिचार बिमर्स गर्ने , शान्तिपूर्ण बार्ता गर्ने, कहा कसलाई के आवश्यक छ र त्यस्को के समाधान हो त्यहिबाट खोज्ने । 
मेरो के अनुरोध भने तपाइसग जोडीएको तपाइको समुदाय छ, छिमेकि नातागोता छन, सीमित ब्यक्तिको स्वार्थको लागि भड़काईएको समाज प्रति तपाईको जिम्मेबारी बोध गर्ने बला यही हो । हामी पढे लेखेका बर्गले नै सिकाउने सम्झाउने बेलामा उत्तेजक गतिबिधि गर्न लागे देशले कुन गति लिन्छ होला? हाम्रो संपूर्ण तराई को साथीहरू, खै त हामी जागेको? कसैको स्वार्थपूर्तिमा मलजल हुने खालका अभिब्यक्ति र कार्यहरू कमसेकम तपाइहरू बाट नगरीयोस ! हामीबाट समाजले अनि देशले त्यो भन्दा धेरै अपेक्षा गरेको छ ।
 मेरो मतलब यो होइन कि सबै माग नाजायज छन, कतिपय माग तत्काल सम्बोधन गरिनूपर्ने पनि छन तर छुट्टै प्रदेश निर्माणबाट मात्रै समाधान हुन्छ भन्ने छ भने चाहि दिर्घकालिन दुख बेसाऊदै छौ हामी !
जातियता धर्म र गरिबिमा राजनीति गरेर धनि बन्ने सपना बोकेकाहरूको पछाडी लागेर हाम्रो मातृभूमिको माया आस्था , अखन्डता , जातिय तथा सांस्कृतिक सद्भाव बिगार्ने व्यबहार हरू प्रदर्शन , प्रचार नगरियोस भन्ने हो । 
 अस्ति नेपालबाट दिल्ली फर्किने क्रममा एकजना साथी भेट भए । खाना खाने क्रममा एउटै टेबलमा परेपछि कुराकानि भो ।
उनले भने : आप गोरखपूर से है ? (उनि गोरखपूर बाट चढेका थिए)
मैले भने : नही ! एक्चुअली मै नेपाल से हुं !
अनि उनले मुस्कूराउदै भने : ओहो, नेपाल कुन ठाऊबाट?
त्यसपछि हामी मज्जैले नेपालीमा कुरा गर्यौ । अग्रवाल थरका उनिमा मारवाडी पहिचान भन्दा नेपाली पहिचान बढी थियो । भैरहवामा ई-कमर्स बिजनेस गर्ने रहेछन । बेरोजगारी समस्या र समाधानमा हामी युवाको भूमिका साथसाथै नेपालको बिकासमा देखिने थुप्रै सम्भावना माथि कुराकानि भए । उनि जति नेपाली बोल्नमा सहज थिए, उत्तिनै म हिन्दी मा थिए । जुन माध्यमबाट भएपनि हामी एउटै पहिचान बोकेका नेपाली थियौ । 
बिबिध जात जाती, भाषा संस्कृतिको धनि नेपालमा सानो-तिनो भाषाको या बोलिचालीको , हाउ-भाऊको समस्या त स्वभाविक नै हो नि । अनि असली सुन्दरता पनि त्यहि छ । चाहे हिन्दि बोल्नुस, मैथली बोल्नुस , भोजपूरी बोल्नुस, तर मन बाट नेपालीपन नमेटाऊनुस । पहाडीया ले “भैया”भन्यो भनेर चित्त नदुखाऊ हामी, उसले त्यहा आफ्नै “भाई” संबोधित गरेको यथार्थ नबिर्सिऊ न । 
पुर्खाको पालादेखि हिमाली पहाडि, मधेसी कोहि नभनि देशको सार्वभौमिकता र अखन्डता को लागि बिदेशी शत्रु संग लड्यौ हामी, पहाडी ले छठ मनाए, मधेशी ले दशै मनाए, हिंदु ले ईदमा रमाए, मुस्लिमले तिहारमा देउसि खेलेर रमाए । काग ले कान लग्यो भनेर कान नछामि कागको पछि भाग्ने काम नगरौ , के र कसको लागि हामीलाई नचाईरहेको छ, बुझेर मात्र निर्णय गरौ, नबूझेकोलाई बुझाऊ, ‘भाई फूटे, गवार लूटे’ को स्थिति सिर्जना नहोस । देशले दीर्घजिवि शान्ति र सम्बिधान पाओस ! ।

तीर्थराज अर्याल
लक्ष्मिनगर, दिल्ली

प्रतिक्रिया दिनुहोस्