आईक्यानले आउँदो जुलाई १ तारिख देखि लिने परिक्षाको परिक्षा तालिका प्रकाशन गरेको छ। प्रकाशित परिक्षा तालिका अनुसार काठमाडौँको परिक्षा सेन्टर ब्रिलीएन्ट क्यापसमै राखेको छ। निकै नै पूरानो भवन भएकाले परिक्षा केन्द्र सुरक्षित नभएको यस अघि नै विभिन्न विद्यार्थी तथा अभिभावकको भनाइ थियो।
यसबारे सिए सरोकारले आईक्यानका उपाध्यक्ष प्रकाश लम्शाललाई सोध्दा यसपाली को परिक्षा भने ब्रिलीएन्ट क्याम्पसमै हुने र अर्को पटकलाई भने परिक्षा सेन्टर खोजिरहेको बताए। परिक्षा सेन्टर सुरक्षित छ त ? भन्ने सिए सरोकारको प्रश्नमा उनले भने ,”त्यो चाहिं बुझ्नुपर्छ। ईडीलाई फोन गरेर कन्फर्म गर्नुस् ! “

प्रतिक्रिया दिनुहोस्