पूर्वका दुई उपनगरपालिकामा लेखा परिक्षण शुल्कलाई लिएर भएको ‘अन्डरकटीङ’ भएको बारे समाचार सिए सरोकारले प्रकाशित गरेपछी यसबारे विभिन्न निकायको ध्यान गएको बुझिएको छ। आईक्यानको नियम विपरित मात्र ५५००० र ६० हजारमा उपमहानगरपालिकाको लेखा परिक्षणका लागि बोलपत्र दिएको र इटहरी उपमहानगर पालिकाले काम परेको जानकारी सहित पत्र पठाएपछी यसबारे झनै चासो बढेको हो। तर मिडियाबाट उक्त कार्य नियम बिपरित भएको सार्वजनिक भएपछी धरान उपमहानगरपालिका भने सचेत भएको र निर्णय गरिहालीनसकेको बुझिएको छ। . आईक्यानले केहि समय अगाडी उपमहानगर पालिकाको लेखापरिक्षण शुल्क कम्तीमा पनि ५ लाख हुनुपर्ने नियम बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्