Skip to content

कहाँ पुग्यो आईसीएईडब्लुसंगको एमआरए प्रक्रिया?

केहि समय अघि आईसीएईडब्लुसंग गर्ने भनिएको एमआरएको प्रक्रिया अगाडी बढिरहेको आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले बताएका छन्।  शनिबार सिए सरोकारले आयोजना गरेको एक कार्यक्रममा उनले आईसीएईडब्लु संगको एमआरए प्रक्रिया अगाडी बढेको बताएका हुन्।  यस भन्दा अघि नै प्रक्रियागत कामहरु पूरा भईसक्नु पर्ने भए पनि गत बैसाखमा आएको विनासकारी भूकम्पका कारण प्रक्रियामा केहि ढिलाई भएको उनले जानकारी दिए।  आईसीएईडब्लुले एमआरए प्रस्ताव स्युकार गरिसकेकाले अव दुवै संस्थाको काउन्सिलमा लागी उक्त निर्णयलाई मुहुर्त रुप दिईने समेत अध्यक्ष भट्टराईले जानकारी दिए।  सकेसम्म छिटो उक्त प्रक्रियालाई टुंग्याऊन विभिन्न कार्यहरु भईरहेको समेत उनले जानकारी दिएका छन्।  आईसीएईडब्लुसंग गर्ने भनिएको एमआरए आईक्यानका लागि बहुप्रतिक्षित एमआरएका रुपमा लिईएको छ।

प्रतिक्रिया दिनुहोस्