आईक्यान काउन्सिलमा उठ्नु भएका समस्त उम्मेद्वारहरु बिधार्थीको समस्या र माग प्रति सकारत्मक नै हुनुहुन्छ भन्ने बिस्वासका साथ तलका केहि प्रस्नहरुको ठोस उत्तर पाउछु भन्ने आशमा छु। बिधार्थीको मनमा उठेका प्रश्नहरु :
१) १९९७ मा आइक्यान स्थपनापछि यस संस्थाबाट पहिलो तह देखि अन्तिम तहसम्म पढेर सफल भएका र हुनेको संख्या बढ्नु राम्रो हो कि बिदेशी यस्तै किसिमको संस्थाबाट आएकालाई सदस्यता बाडेर नेपालमा चार्टड एकाउनटेन्टको संख्या बढाउनु कुन चाहि यस संस्था को सफलता हो ?
२) यस संस्थाको सदस्य बढेको लाई सफलता मान्ने हो कि गुणस्तर बढेको लाइ सफलता मान्ने हो?आइक्यानले “Man of Success” उत्पादन गर्न तर्फ ध्यान दिनु पर्छ कि “Man of Value” ?:
३) बिधार्थी फेल हुनुमा बिधार्थीकै कमजोरी होला तर बिधार्थीलाइ यो जान्ने अधिकार हुनु पर्छ म किन फेल भए ? यसको लागि ऊत्तरपुस्तिका नतिजा प्रकासन पछि विधार्थीलाई हेर्न दिनु पर्छ भन्ने बिधार्थीको माग छ ताकी विधार्थीलाई थाह होस् उसको कमजोरी demonstration मा होकी presentation मा अथवा अन्य कुनै कुरामा ! यस किसिमको ब्यबस्था गर्नलाई के हजुर हरु तयार हुनुहुन्छ ?
४) आइक्यानले प्रकाशन गरेको शैक्षिक सामग्री को गुणस्तर कस्तो छ भन्ने कुरा त हजुर हरुलाई अवगत नै होला , शैक्षिक सामग्रीको गुणस्तर उकास्न हजुर हरुको कस्तो योजना हरु छन् ?
५) बिधार्थी भनेका यस संस्थाका जग हुन् ,उनीहरु संग समन्यव गरेर ,उनीहरु संग बेला बखत छलफल र अन्तार्क्रिया गर्न को लागि तपाईहरु कस्तो Platform को बिकास गर्नुहुन्छ ?
६) बिधार्थीले परीक्षा दिने केन्द्र कस्तो छ भन्ने कुरा भनि राख्नु नपर्ला ,अझ यस महाभूकम्प पछि हेर्दै कमजोर देखिने उक्त केन्द्र मा परीक्षा दिन जाने बिधार्थीको हालत के होला ?यस तर्फ तपाइँ हरुको पहलकदमी के हुनेछ?
७) परीक्षामा सोधिएका प्रस्न हरु कहिले काही अब्यब्यारिक र यस संस्थाले तोकेको पाठयक्रम भन्दा बाहिर बाट सोधिने गरेको गुनासाहरु ब्याप्त छन् ,यस किसिमका गुनासाहरु समधान गर्नका लागि हजुरहरुसंग कस्ता योजना छन् ?अनि आइक्यानले आफ्नो पाठयक्रम लाइ अझै परिस्कृत गर्न को लागि कस्तो बेवास्ता गर्न सक्छ ?
समस्त उम्मेदवार हरु लै सफलता को शुभकामना !
मनोज पौडेल
क्याप -३(ICAN)
प्रतिक्रिया दिनुहोस्