सिए सुरेश देवकोटाले लगातार तेश्रो पटक आइक्यानको चुनाव जित्दै ह्याट्रिक गरेका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा जित्दै उनले लगातार तेश्रो पटक चुनाव जित्दै ह्याट्रिक गरेका हुन्। यस अघि निर्वाचन अघि नै आफु ह्याट्रिक गर्ने उदेश्यका साथ् अगाडी बढेको बताउने देवकोटाले अन्तत: उक्त उदेश्य पनि पूरा गरेका छन्। ‘ जिरो कस्ट’ मै चुनाव जित्छु’ भन्ने आत्मविश्वासका साथ् अगाडी बढेका देवकोटा अव तेश्रो पटक पनि आईक्यानको पार्षद भएर आउँदो कार्यकालमा काम गर्नेछन्।
आफ्नो जीत लगत्तै सिए सरोकारसंग टेलीफोन मा कुराकानी गर्दै सिए देवकोटाले आफुलाईनिर्वाचनमा सम्मानजनक जीत हाँसिल गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन्। उनले आफ्नो जीत आफ्नो मात्रै नभई समग्र नेपाल बोर्डको हित चाहानेहरुको जीत भएको बताउँदै आफ्ना कुराहरु आईक्यानका बिधार्थी, सदश्य तथा अन्य सरोकारवालाहरुसम्म पुर्याउन महत्वपूर्ण सहयोग गरेको भन्दै सिए सरोकारलाई समेत धन्यवाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस्