ऋषि राम अधिकारी
सीए सरोकार, दिल्ली ब्युरो
सीए सरोकार, दिल्ली ब्युरो
भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली महिला विद्यार्थीहरुको संघ जुनकिरी (फायर फ्लाइज) एसोसिएसन अफ नेपालले तीजको उपलक्षमा एक विशेष कार्यक्रम गरेको छ। तीजको अवसरमा जुनकिरीले भारतको लक्ष्मीनगरस्थित टपर्स इन्स्टिच्युट परिसरमा गत आइतबार कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा विभिन्नखाले सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो।

राष्ट्र भक्तिले ओत प्रोत भएको गीतबाट सुरु भएको उक्त कार्यक्रममा ताण्डव नृत्य समेत प्रस्तुत गरिएको थियो। हरितालिका तीजको बर्णन गर्ने एक विशेष प्रस्तुती समेत उक्त कार्यक्रममा देखाइएको थियो। दिल्लीमा पहिलो पटक प्रस्तुत गरिएको उक्त प्रस्तुतीलाई उपस्थित अधिकांसले निकै नै उल्लेखनीय भएको प्रतिक्रिया दिएका थिए। उक्त कार्यक्रममा उपस्थितहरुले कार्यक्रम निकै नै रमाइलो भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा मानुसी भट्टराइ प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिईन् भने मिथुला उपाध्याय, कृष्ण प्रसाद पन्थ, डा. मालिका शाक्य, सृजना अधिकारी लगायतका अथितिहरु उपस्थित भएका थिए। कार्यक्रम निकै नै सफल भएको जुनकिरी एसोसिएसनकी अध्यक्ष नवरत्न अछामीले सिए सरोकारलाई बताएकी छिन्।

सिए एनएसयुले खुवायो दर : कार्यक्रममा तीजको अवसरमा जुनकिरी एसोसिएसनलाई दर भने सिए एनएसयुले खुवाएको थियो। नेपाली नारीहरुको महान चाडको अवसरमा जुनकिरी एसोसिएसनका दिदीबहिनीहरुलाई दर खुवाउन पाउँदा आफुहरु निकै नै खुसि भएको सिए एनएसयुका प्रतिनिधिहरुले सिए सरोकारलाई जानकारी दिएका छन्। सिए एएनएसयु भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली कांग्रेस निकटका नेपाली सिए विद्यार्थीहरुको संगठन हो।
कार्यक्रममा सिए सरोकार डटकम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको थियो।
प्रतिक्रिया दिनुहोस्