
पुतलीसडक। कल्चर, कन्सल्टेन्सी, र कलेज, तीन ‘क’ का लागि चर्चित बनेको पुतलीसडक सिए पढ्ने विधार्थीको लागि रुचाईएको गन्तब्य हो। पुतलीसडकमा नेपाली सिए बजारमा अब्बल ठहरिएका सिए इन्स्टिच्युटहरु राम्रो संख्यामा छन्। नेपालकै सबैभन्दा जेठो सिए पढाउने संस्था सीएआई पुतलीसडकमै पर्छ। यता सीसीएमए कलेज, एओसी, ईआइएम, सिमा, सीआइपीएल, जस्ता सिए इन्स्टिच्युटहरु पुतलीसडकमै छन्। सिएको नतिजा हेर्ने हो भने सबैभन्दा बढी सिए उत्पादनको दावी गर्ने सीएआइ पुतलीसडक मै पर्छ भने भारतीय बोर्ड अन्तर्गत सीपीटिमा भारतभर मै प्रथम आउने सिए बिधार्थी पनि पुतलीसडक स्थित एओसीकै विधार्थी हुन्। यता पुतलीसडक स्थित सीसीएमए कलेज र केएमसीपीई पनि राम्रो सिए इन्स्टिच्युटका रुपमा चिनिन्छन् ।
तर त्यहि पुतलीसडकले धेरैलाई डुबाएको पनि छ। केहि बर्ष अगाडी खुलेको हिमालयन सिए एकेडेमी पुतलीसडकमै खुलेर बन्द भएको थियो। केहि सिए इस्न्तिच्युटहरु पुतलीसडकमा खुलेर नाम नै नसुनी समेत बन्द भएका थिए। बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा पनि पुतलीसडकमै छ। अरु इन्स्टिच्युटहरुमा जान लागेका बिधार्थीहरुलाई तानेरै आफ्नो कोठामा लग्ने नराम्रो परम्परा पनि पुतलीसडक भित्रै छ। पुतलीसडक उस्तै बिबादित पनि छ। आफ्नो हुँदै नभएको बिधार्थीलाई आफ्नो भन्दै बधाई संदेश छापेर वा संचारकर्मी माथि दुर्ब्यबहार गरेर पटक पटक बिबादमा आएको इन्स्टिच्युट पनि पुतलीसडक मै छ।
बानेश्वर विधार्थीहरुका लागि अर्को राम्रो गन्तब्यको रुपमा चिनिएको छ। सबैभन्दा बढी विधार्थीहरु पढाउने सिए इन्स्टिच्युट प्राइम सिए नयाँ बानेश्वर मै छ। यस अलावा पछिल्लो समय राम्रो रुपमा अगाडी बढिरहेको एसबिबिआर र गत बर्ष खुलेको चैतन्य सिए पनि बजारमा राम्रो छाप छोड्न सफल भएका सिए इन्स्टिच्युटहरु हुन्। यता नयाँ बानेश्वरकै रिलायबल सिएको चर्चा पनि कम छैन । प्रिमियर र सीईएफ को उपस्थिति पनि बानेश्वोर मै छ। तर बानेश्वरले पनि कमलाइ डुबाएको भने छैन। केहि बर्ष अगाडी नयाँ बानेश्वोरमै खुलेको ब्रिलिएन्ट सिए र जीथ्रीएस सिए नामक इन्स्टिच्युटहरु बन्द भएका थिए।
प्रतिक्रिया दिनुहोस्