Skip to content

पूर्वमा भएको ‘अन्डरकटीङ’बारे यस्तो छ एक्यानको धारणा

पूर्वमा भएको ‘अन्डरकटीङ’को सर्वत्र चर्चा भइरहेका बेला  एक्यानका अध्यक्ष भरत रिजाल ले पूर्वमा भएको ‘अन्डरकटीङ’ आपत्तिजनक भएको भन्दै  एक्यान त्यसको  विरुद्ध रहेको बताएका छन्।   सिए सरोका संग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले अन्डरकटीङ पूर्णत: आइक्यानको नियम बिपरित भएकाले कसैले पनि यस्तो गर्न नहुने बताएका छन्। 
‘एक्यानको आधिकारिक धारणा यहि नै हो, अन्डरकटीङ गलत हो, अन्डरकटीङ गरिनु हुँदैन। ‘ भरत रिजालले भने।  पूर्वमा भएको अन्डरकटीङबारे आफुले पनि सिए सरोकारबाट थाहा बताउंदै उनले ५५००० मा उपमहानगरपालिकाको  लेखापरीक्षण गरिए उक्त कार्य गर्ने व्यक्ति कारवाहीको भागिदार हुनु पर्ने बताएका छन्। 
एक्यानले  लाविङ  गरेर बढेको लेखापरीक्षण शुल्कको बर्खिलाप गर्दै यसरि गरिएको अन्डरकटीङको एक्यानले सधैंनै विरोध गर्ने समेत उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्