Skip to content

‘एटेम्ट बार’ लगाएर बिधार्थीको पढ्ने अधिकार नाखोस्नुस् !

“म आईक्यानको विद्यार्थी हुँ र मलाई पढ्ने अधिकार छ !” आईक्यानमा सिए अध्ययन गरिरहेकी विधार्थी यसोदा पोख्रेलले बोलेको यो बाक्यसंगै सबैका आँखा उनीतिर गए। बोल्ड स्वरमा उनी भन्दै थिईन् “म आईक्यानको विधार्थी हुँ र विद्यार्थीकै हैसियेतमा तपाइँहरुलाई प्रश्न सोध्न चाहान्छु।  मसंग पढ्ने अधिकार छ! तर यदि एउटा विधार्थीले निशिच्त एटेम्टमा सिएको दोश्रो तह क्याप टु  पास गर्न नसके फेरि पैसा तिरेर भर्ना गर भन्ने यो कस्तो नियम हो?  कि तैंले सिए पढ्न सक्दिनस् छोड्दे भनेको हुनुपर्यो, होइन भने पैसा तिरेरचाहिं मैले फेरि पढ्न पाउने नत्र नपाउने ? विधार्थीले परिक्षा शुल्क तिर्छन भने एटेम्ट बार किन लगाउने ? यसरी बिना कुनै तर्कको ‘एटेम्ट बार’ लगाएर बिधार्थीको पढ्ने अधिकार नाखोस्नुस्  !
उनले थप बोल्दै भनिन्,” कि त माले तपाइँहरु सदश्यको हितमा मात्र काम गर्नुहुन्छ भन्दिनुस्, नत्र हाम्रो पनि पिडा बुझिदिनुस् ! बोलीलाई केहि खरो बनाउँदै उनले थपिन, “बाल चन्द्र श्रेष्ठ र भवनाथ दाहाल बाहेकका सिए हरुले किन विधार्थीका पक्षमा वकालत गर्दैनन् ? आफ्नै देशमा म पढ्छु, काम गर्छु भन्दा एटेम्ट बार किन लागाउने ? उनले अझै थपिन् ,” सबैलाई थाहा छ बजारमा सिएका हल परिक्षाका प्रश्नपत्र खुलेआम पाइन्छ, अनि त्यहि हल परिक्षा वा समय बार  लगाएर किन विधार्थीलाई परिक्षाबाट बन्चित गराइन्छ ?
 उनको प्रश्नमा सिए भरत रिजाल र सिए कृष्ण भट्टराईले पहिला बोले।  पछी अनल राज भट्टराईले पनि उनको प्रश्नको उत्तर दिए।  सिए वाल चन्द्र श्रेष्ठले उनको भनाइ ठिक भएको र एटेम्ट बार हट्नु पर्ने बताए भने सिए भरत रिजालले भने निश्चित समयसम्म पनि एउटा लेभल पास गर्न नसक्नेलाई सिए छोड नै भनेको हो। एटेम्ट बारमा खासै चित्त नाबुझ्दो कुरा केहि छैन।तर पैसा तिर्ने ले चाहिं फेरि पढ्न पाउने अनि तिर्न नसक्ने ले चाहिं नपाउने भन्ने उनको प्रश्नको भने उत्तर नआएको उनको गुनासो थियो।

प्रतिक्रिया दिनुहोस्