Skip to content

आफ्नै बेइज्जत आफैं गरिरहेछ आइक्यान, ब्रोसरको ‘ब्लन्डर’ले विद्यार्थीको दिमाग खराव !

आइक्यानले प्रकाशित गरेको सिए शिक्षा सम्बन्धि प्राय सोधिने प्रश्नहरुको संगालोमा ३३ त्रुटीहरु फेला परेका छन् । तीमध्ये ३२ भाषिक त्रुटी छन् भने एउटा ‘ ब्लन्डर छ ।

आइक्यानको उक्त ब्रोसरमा प्राय सोधिने प्रश्नको नम्बर १० मा सिए पढ्न भर्नाको म्याद सम्बन्धि व्यवस्था के छ ? भन्ने प्रश्नमा आइक्यानले छापेको छ, ‘CAP III तहमा भर्ना हुनको लागि भने अनिवार्य रुपमा CAP III तह पास गरेको हुनुपर्ने छ ।


ब्रोसरमा नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन हुनुपर्नेमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था ऐन लेखिएको छ । 


यसरी  आइक्यान जस्तो नियमनकारी निकायको ब्रोसरमै यस्तो त्रुटी फेला परेपछि प्लस टु सकेर सिए अध्ययन गर्ने विद्यार्थीहरुको आइक्यानलाई हेर्ने नजर नै धमिलो भएको छ भने यसलाई बुझ्न पनि अर्को बुझाउने मान्छे आवश्यक परेको छ ।

तर आइक्यानले यहि ब्रुसर विभिन्न ठाउँमा उक्त उत्तर नसच्याई वितरण गरेको छ । कान्तिपुर हिसान एजुकेशन फेयर, आइक्यान करियर एक्स्पो लगायतका मेलाहरुमा यस्तो त्रुटीपूर्ण ब्रोसर बाढेर आइक्यानले आफ्नो बेइज्जत आफैं गरेको छ ।

यता उक्त ब्रोसरमा ३३ त्रुटीहरु फेला परेको छ । भाषिक रुपमा निकै कमजोर रहेको उक्त ब्रोसर छपाईमा चरम लापरवाही भएको प्रष्ट देखिन्छ ।

भाषा विशेषज्ञ टंक थापा भन्छन्, ‘लेखा व्यवसायीलाई नियमन गर्ने संस्थाले प्रकाशन गरेको सामग्रीमा यस्तो भाषिक त्रुटी हुनु निकै दु: खलाग्दो कुरा हो । ‘ उनले नेपालको कुनै पनि नियमन गर्ने संस्थाले प्रकाशित गरेको सामाग्रीमा यति धेरै त्रुटी भएको यो नै पहिलो पटक भएको बताए ।

  

प्रतिक्रिया दिनुहोस्