
प्रीतिका यी तीन शब्दहरु मैले पोख्न सकिन
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !
जीवनका सारा दुःख पीड़ा भुलि
उनिमा नै हराइ सकेको थे ,
उनलाई आफ्नो बनाउन सोचि सकेको थे ,
तर मनका कुराहरु
उनको सामु कहिले भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !!
ईश्वरसंग उनलाई मागी सकेको थे ,
जीवन साथी बनाउन सोची सकेको थे ,
मन्दिर मस्जिद पुगि सकेको थे ,
देवी देउतालाई भाकी सकेको थे ,
आँखाको नानीमा राखी सकेको थे ,
मुटुको ढुक-ढुकीमा बसाई सकेको थे ,
मुटुको ढुक-ढुकीमा बसाई सकेको थे ,
मन मनमै उनलाई
आफ्नो बेहुली ठानी सकेको थे ,
तर यी कुराहरु उनलाई भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !
– कन्हाइ राउत
हाल नयाँ दिल्ली
प्रतिक्रिया दिनुहोस्