Skip to content

दिल्लीमा फोकलको मासिक भेला सम्पन्न


ऋषिराम अधिकारी 
दिल्ली ब्यूरो 

नयाँ दिल्लीको सी.ए. नगरी लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका साहित्यिक तथा क्रियाशील विद्यार्थीहरुको अनौपचारिक समूह “फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल” को यस जून महिनाको मासिक भेला कार्यक्रम यही जूनको चौथो आइतबार, अर्थात् २६ जून २०१६ मा सफलताका साथ सम्पन्न भएको छ । 
प्राइम सी.ए.को हलमा सम्पन्न गरिएको उक्त मासिक भेला कार्यक्रममा अफगानिस्थनको काबूलमा आत्मघाती विस्फोटमा परि ज्यान गुमाएका नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट शुरु गरिएको कार्यक्रमको पहिलो खण्डमा साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची राख्ने सी.ए. विद्यार्थीहरुबाट गायन कला, साथै गीत, गजल, कविता, प्रस्तुत भएको थियो । सबै सहभागीहरुको प्रस्तुति प्रसशंनीय एवम् तारिफ योग्य रहेको थियो ।
विमर्श खण्ड अन्तर्गत छनोट गरिएको विषय काबूलमा भएको आत्मघाति बम विस्फोट, विदेशिनुको बाध्यता साथै विदेशमा नेपाली दाजुभाईले भोग्ने जोखिम बारे चर्चा परिचर्चा सहभागीहरुले गरेका थिए । कार्यक्रमको अन्तिम खण्ड पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले आफूसंग भएका कला र साहित्य सम्बन्धि पुस्तक आदान–प्रदान गरेका थिए ।
अन्त्यमा अगामी मै महिनाको मासिक भेला मै महिनाको तेश्रो आइतबार, १७ जुलाई २०१६ मा प्राइम सि.ए.कै
आँगनमा साँझ ६ः०० बजेदेखि हुने निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्