आइक्यान र सीपीए अष्ट्रेलिया बीच हुन लागेको सम्झौताका लागि आइक्यान अध्यक्ष, उपाध्यक्ष र कार्यकारी निर्देशक अष्ट्रेलिया आईपुगेका छन् । नरेन्द्र भट्टराइको पालामा तत्कालिन अध्यक्ष नरेन्द्र भट्टराइले उक्त सम्झौता गर्न निकै जोडतोडका लागि लागेका थिए । तर सम्झौताको जस लिन तत्कालिन उपाध्यक्ष प्रकाश लम्सालकै सक्रियतामा उक्त सम्झौताको मिति सरेको स्रोत बताउँछ । अहिले उक्त सम्झौता गर्न आइक्यान अध्यक्ष प्रकास लम्साल, उपाध्यक्ष महेश खनाल र आइक्यानका कार्यकारी निर्देशक बिनय प्रकास श्रेष्ठ अष्ट्रेलियामा छन् । आइक्यानका सिएहरुले सीपीए अष्ट्रेलियाको सदश्य हुन त्यहाँको ४ पेपर परिक्षा दिने गरी सम्झौता हुन लागेको हो । तर यो सम्झौता आइसीएआइले सीपीए अष्ट्रेलियाका लागि गरेको सम्झौताभन्दा कमजोर उपस्थिति हो ।
यस्ता सम्झौताका लागि सबैभन्दा बढी लागेका नरेन्द्र भट्टराइ भने ओझेलमा परेका छन् । तत्कालिन अवस्थामा सबै काम नरेन्द्र भट्टराइले गरेका हुनाले उनी विदेश जाँदा त्यहाँ कसैले हालका अध्यक्षलाइ नगन्ने भएपछी नरेन्द्र भट्टराइलाइ सँगै जान प्रस्ताव समेत नगरिएको स्रोतको दावी छ ।
यो पनि पढ्नुहोस् :
EXCLUSIVE : नरेन्द्र भट्टराइको तत्कालिन प्रयास यसरि हुँदैछ सफल, आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्झौता हुँदै

आइसीएईडब्लुसँगको सम्झौता गराउने पक्कापक्की भएका बेला नेतृत्व परिवर्तन भएपछी उक्त सम्झौताको कुरा सेलाएका बेला नयाँ खुसीको खबर छ । सिए नरेन्द्र भट्टराइ अध्यक्ष हुँदा उनले आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्झौता गर्ने प्रयास गरेकोमा सीपीए अष्ट्रेलियाले उक्त सम्झौता गर्न ‘ग्रीन सिग्नल’ दिएको छ । छिट्टैनै आइक्यान र सीपीए अष्ट्रेलियाबीच आइक्यानलाई अष्ट्रेलियामा मान्यता दिनेगरी सम्झौता हुने भएको छ ।
यसअघिको आइक्यानको नेतृत्व गरेका सिए नरेन्द्र भट्टराइले यो सम्झौता गर्नका लागि निकै प्रयास गरेका थिए । निकै प्रयास गर्दापनि समय लाग्ने भएपछी उक्त सम्झौताको मिति सरेको थियो । अन्तत: अबको केहि समयपछि उक्त सम्झौता हुने बुझिएको छ ।
स्रोतका अनुसार सम्झौतामा हस्ताक्षर गर्न सीपीए अष्ट्रेलियाको निम्तो आइक्यानमा आइसकेको छ । सिए नरेन्द्र भट्टराईले लामो प्रयास गरेको परिणाम भएपनि आइक्यानका अध्यक्षका हैसियतले सिए प्रकाश लम्शाल उक्त सम्झौतामा हस्ताक्षर गर्न अष्ट्रेलिया जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्