Skip to content

को होला त एक्यानको नयाँ अध्यक्ष ?

केहि समयदेखि काठमाडौँमा चिसो निकै बढेको छ ।  त्यहि बढेको चिसोको बहानामा आइक्यानको चुनाव तात्न थालेको छ । एक्यानको महासचिव पदको लागि लविङ सुरु भईसकेको छ । दीपक पाण्डे, सन्तोष लम्शाल र गणेश पराजुली मैदानमा देखिईसकेका छन् । अरु कतिलाई रहर लाग्ने हो हेर्न बाँकी नै छ। 
अध्यक्षको पद ।  एक्यानको अध्यक्ष हुनु पक्कै गौरवको कुरा हो । त्यसमाथि पनि एक्यानको अध्यक्ष को हुन्छ भन्ने कुराले नेपाली लेखा व्यवसाय कुन दिशामा जान्छ भन्ने कुरा केहि हदसम्म जोडिने भएकाले पनि अव एक्यानको  नेतृत्वमा को आउँछ भन्ने  कुरा महत्वपूर्ण हुन्छ ।
अध्यक्ष भन्ने बित्तिकै किरण डंगोलको नाम अगाडी आएको छ । हालका उपाध्यक्ष समेत रहेका भएर पनि उनको नाम अगाडी आएको हो ।  नेपाली सिए बजारमा निकै नै राम्रो छवि बनाएका सिए हरि कुमार सिलवालको नाम पनि अगाडी आएको छ ।  यद्यपि उनले अध्यक्षको पदका लागि आफु उठ्ने घोषणा गरेका छैनन् । 
बजारमा अर्को पनि गाइगुंई सुनिन थालेको छ । ‘भरत रिजाल फेरि अध्यक्षका लागि लड्दैछन ।’ यस बिषयमा सिए सरोकारले उनलाई प्रश्न गर्दा उनले ‘हो’ त भनेनन्  तर ‘होइन’ पनि भन्न सकेनन् ।  मिडियासँग निकै नै नजिक भएर प्रष्ट बोल्ने रिजालको यो अनाकनाइले ‘बजारमा केहि खिचडी पाकिरहेको त छैन ?’ भन्ने प्रश्नलाइ बढावा दिएको छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भरत रिजालका निकै नै निकट मानिएका एक सिएले भरत रिजालले एक्यानको भूमिकामा एक महत्वपूर्ण काम गर्न बाँकी रहेकाले पनि उनी त्यसैका लागि पनि अध्यक्षको पदमा उठ्ने कुरा बताउँछन्।  तर त्यो बिषय के हो भन्ने चाहिं उनले भन्न चाहेनन् । ‘भोलिका दिनमा भरत सरले अध्यक्षमा उठ्नुभयो भने अचम्म नमाने हुन्छ। ‘ मुस्कुराउँदै उनले भने । 

प्रतिक्रिया दिनुहोस्