Skip to content

सिए सरोकारका पत्रकार प्रेस चौतारी नेपालको अनलाइन प्रतिष्ठानको सदस्यमा निर्वाचित

सिए सरोकारका प्रधान सम्पादक समेत रहेका पत्रकार सुरज प्याकुरेल प्रेस चौतारी नेपालको अनलाइन प्रतिष्ठानको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आज गठन भएको समितिका निर्वाचित ११ सदश्यहरुमध्ये सिए सरोकारका पत्रकार सुरज प्याकुरेल समेत निर्विरोध निर्वाचित भएका हुन् ।
विभिन्न अनलाइन सञ्चारमाध्यममा काम गर्ने श्रमजीवी पत्रकार, तीनको सुरक्षा र स्वतन्त्र पत्रकारिताका लागि पहल गर्ने उदेश्यका साथ बनेको उक्त समितिको अध्यक्षमा नेप्लिज डट ओआरजीका  मोहन वास्तोला निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेपालपाटी डटकमका रामनाथ ढकाल निर्वाचित भएका छन् । यसैगरी सचिवमा रातोपाटि डटकमका शरद शर्मा र सहसचिवमा नेप्लिज डट ओआरजीकै शोभित प्रसाद थपलिया निर्वाचित भएका छन् ।
निर्वाचित भएसँगै निर्वाचित सबैले पद तथा गोपनियताको सपथ समेत लिएका छन् । बिगत लामो समयदेखि चार्टड  एकाउन्टेन्सीलाइ ‘फुल बिट’ पत्रकारिताको पाटो बनाएका प्याकुरेल स्थापना कालदेखिनै सिए सरोकारका प्रधान सम्पादकका रुपमा क्रियाशील छन् ।    

प्रतिक्रिया दिनुहोस्