हिजोआज नयाँ शक्तिको निकै चहलपहल छ । त्यसो त पुरानै पार्टीमा पनि नेता चयनको कुरा उठ्न थालेका छन् । तर यी दुइ पृथक धरातलमा उभिन खोज्ने राजनैतिक पार्टीमध्ये कुन चाहीको बाटो सहि र सफल होला भन्ने जिज्ञासा हामी जनमानसमा हुनु स्वाभाविक नै हो ।
जब मावोवादी पार्टीको स्थापना गरी जनआन्दोलनको थालनी भयो त्यति बेला यो नयाँ शक्तिको रुपमा नै देखिएको थियो । उग्र अग्रगामी सोच , मानवीय क्षति हुनेगरी गरिएका बिभिन्न आन्दोलनका लडाई र त्यसको फलस्वरूप समग्र राष्ट्रले नै भोगेको आर्थिक मन्दी र त्रासदीपूर्ण वातावरण अझै पनि हामीमाझ ताजै छन् ।
संचारमा भनिएका १६००० सहिद र तिनको परिवारले बहन गरेको क्षतिको क्षतिपुर्ति र पुन: व्यवस्थापन सायद अहिलेसम्म पनि गर्न सकेको छैन । हो, संबिधान लेखन कार्यले त्यसमा केहि सितलता आएको हुनसक्छ। भुकुम्पले तेस्मा तेल हाल्ने काम गरेको छ । हजुर तेल हाल्ने काम किनकी अल्छिलाइ बहाना चाहिन्छ अनि यो भन्दा उत्तम अर्को बहाना के नै होला ? अब त संबिधान पनि बनीसक्यो । भुकुम्प पुन: निर्माण प्राधिकरणका कुराहरु संसदमा उठिरहेका छन् ।
यो राज्यले गर्ने कानुनी प्रक्रिया हो र अवश्य पनि चाडै होला । तर ती सहिद परिवारको हकमा खै के हुदैछ ? त्यसको लेखा र जवाफदेहिताको हो ? सोझा जनतालाई समृद्धि र राहतको आशा देखाई आन्दोलनमा होम गर्ने अनि आफ्नो स्वार्थ पूरा भएपछि बाटैमा छाडेर आफुचाही अर्को मोडतिर लग्नु कहाँसम्म अनैतिक कार्य हो ? म त अझ भन्छु यो त खुलेआम जनताको बीच सडकमा गरेको बलात्कार हो !
संविधान लेखन कार्यको प्रमुख पदमा रहेर काम गरेको व्यक्तिले उक्त संबिधान लागु हुने बित्तिकै त्यसैको बिरोधमा प्रत्यक्ष रुपमा लागेर जनता सामु आफ्नो फरक विचार राख्नु कहाँ सम्मको फटाही हो ? तपाईलाइ आफुलेनै लेखेको संबिधान पूर्ण लागेको थिएँन भने यसलाई पारित गर्नु अगाडीनै आफ्ना फरक मत हरु जनता समक्ष किन राख्नु भएन ? त्यस अर्थमा तपाई समयलाइ हेरेर आफ्नो जवान र स्वरुपमा परिवर्तन ल्याउने अबसरबादी रहेको भान हुन्छ ।
तपाईको अर्को पाटो हेर्दा एक पटक देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले आफ्नो राजनैतिक कदमको थालनीमा उठाएको विचारलाइ बिचमै छाडेर अर्को विचारमा नयाँ राजनैतिक जीवनको थालनी गर्नु कति उचित हुन्छ होला ? महासय ! राजनीति सिद्धान्तको हुन्छ व्यक्तिको होइन ! तपाईले आफ्नो व्यक्तिगत साखमा आफैले हत्या गर्नुभएको छ । रह्यो कुरा सिद्धान्तको, तपाईजस्तो अबसरबादीले भबिस्यमा फेरी जनतालाइ धोका दिदैंन भन्ने के ग्यारन्टी छ र ?
नयाँ पुस्ता चर्चाको बिषय हो र हुनु पनि पर्छ । नयाँ पुस्ता भनेर कसलाई भन्न खोजिएको हो ? ति को हुन् ? तीनको विचार के कस्तो छ ? आदि इत्यादी कुराको स्पस्ट बर्णन गरिनुपर्छ । सम्भबत : नया पुस्ताको कुरा गरिरहदा हामीले पहिलो नयाँ पुस्तालाइ गुमाई सकेको अवस्था छ । हामीले कहिलेसम्म कुरा मात्र गर्ने अनि यसरिनै नयाँ पुस्तालाइ गुमाई राख्न्ने ? समय आउछ तर पर्खदैन ।
समयको पहिचान हामीले गरेका छौ त्यहि भएर नै यो नयाँ पुस्ताको कुरा आज युवा हरुमा उठेको छ । अब यसको सहि उपयोग गर्नु पनि हामी युवा को नै दायित्व हो । उसले गर्दा भएन अथवा उसको पालामा भएन त्यसैले अब मेरो पालो भनेर भन्दैमा पार्टीको बागडोरलाइ हस्तान्तरण गर्ने कार्य पूर्ण रुपमा गलत छ । उसले गर्दा नहुने अनि तपाईले गर्दा चाही कसरि हुने ? म उमेरमा जेठो हुँ र लामो समयदेखि पार्टीको सदस्य हुँ भनेर पदको दाबी गर्नु आफैमा मुर्खता पूर्ण कार्य हो ।
बिकसित मुलुकमा राजनैतिक पार्टीको नेता चुन्दा त्यस व्यक्तिको क्षमता र देश विकास गर्ने उसको भावी योजनाको आधारमा प्रजातान्त्रिक तवरले चयन हुन्छ । उसले चुनाब जितेर प्रधानमन्त्री वा राष्ट्रपति भएमा सोहि योजना अनुरुप देश र जनताको सेवा गर्छ । हाम्रो नेपालमा चाही उमेर र पार्टी भित्रको गठबन्दन अनुरुप नेताको चयन हुन्छ । अनि कसरी विकास हुन्छ ? म त भन्छु विकासको पहिलो खुड्किलानै सक्षम नेताको चयनबाट सुरु हुन्छ ! देशमा परिवर्तन आउनको लागि पार्टी नेतृत्वमा पहिला परिवर्तन आउनु नितान्त आवश्यक छ ।
जहाँ सम्म नया पुस्ता को कुरा छ मेरो विचार मा यहि पार्टी नेत्रित्वो परिबर्तन को अवस्था मा नै नया पुस्ता ले मुख्य भूमिका निर्बाह गर्नु नितान्त आबस्यक छ ! प्रजातन्त्र प्राप्ति को लडाई मा जेल बसेका र देस को लागि समर्पित भएको हाम्रा पुराना पुस्ता भन्नेले पटक पटक देश चलाउने बागडोर आफ्नो हातमा पारिसकेका छन । उनीहरुको कार्यशैली र क्षमता को हामीले प्रत्यक्ष अनुभब गरिसकेका छौ ।
आशा लाग्दो भनाइ दिनु हुन्छ तर जनता लाई हातमा जहिले पनि लाग्यो सुन्य? कहिले सम्म उहाहरुको विश्वास गर्ने ? आफ्नै कार्यशैलीका कारणले विश्वास गुमाउनु भएको छ उहाहरुले । तोकेरै भन्नु पर्दा उस्को बिकल्प उ होइन ? न कि उ को बिकल्प उ ? आज पार्टी को नेत्रित्यो मा अमुल परिबर्तन आबस्यक छ । मुलभूत समाजबादी सिद्धान्त अहिले पनि नेपाल र नेपाली को लागि उत्तम रहेको छ । तर देश विकास गर्ने र जनता लाइ राहत दिने कार्यशैली मा अमुल परिबर्तन नितान्त आबस्यक छ । यो २१ सौ सताब्दी हो । संचार र प्रबिधिको युग हो । कयौ नेपाली हरु व्यक्तिगत रुपमा सफल , शिक्क्षित र सम्पन्न छन । तर राष्ट्र समग्र मा बिपन्न र अबिकसित छ ।
तिनै सफल , शिक्क्षित र सम्पन्न नेपाली को जमात लाइ म नया पुस्ता को रुपमा व्याख्या गर्न चाहन्छु । इनिहरुको हात मा नै सम्बृद्ध नेपाल को सुनिस्चितता रहेको मेरो ठम्याई छ । आगे तपाईहरुको मर्जी ।
प्रतिक्रिया दिनुहोस्