धेरै नेपाली जनताले हेर्न,सुन्न,पढ्न र बुझ्न चाहेको ‘नेपालको संविधान’ असोज ३ गते राष्ट्रपति राम वरण यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहमार्फत जारी भएको घोषणा गरेपछि अन्तत: त्यो चाहना पूरा भएको छ। संविधान जे जस्तो भएपनि सबैको मागको उचित सम्बोधन हुने छ, देश र जनताको हित गर्ने कुराहरु समयानुकुल परिमार्जन गर्दै समावेश गरिनेछ र देशमा फेरी पनि अशान्ति नछाओस, बेरोजगारी, भ्रस्टाचार अनि हत्या हिंसा सधैको लागि अन्त्य होस, अनि देश विकासको नया प्रगतिपथमा अगाडी बढेर ‘समृद्ध नेपाल ‘ को रूपमा परिचित बन्ने छ भन्ने आशा र विश्वासका साथ सीए नेवि संघले गत आइतबार ‘दिप प्रज्वलन’ र शुभ-कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो। तीर्थराज अर्यालले संचालन गरेको कार्यक्रममा ने वी संघ पुर्व केन्द्रिय उप-सभापति नैनसिंह महरको बिशेष उपस्थितिसगै नेवि संघ भारत सभापति मदन भंडारी, मोहन ब. शाक्य, अर्जुन भंडारी, अम्बिका जोशी लगायत सीए नेवि संघ दिल्लीका संपूर्ण सदस्यहरूसगै लक्ष्मिनगरका अन्य संघ संगठनका प्रतिनिधि र थूप्रै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै महरले सबैलाई बधाई दिदै संबिधान सम्सोधन गर्न मिल्ने हुनाले कसैले पनि चित्त नदूखाई यसको स्वागत गर्न अनुरोध गरेका थियो । देशको भविश्य हामी युवाहरूको हातमा रहेको , कर्म गर्न कत्तिपनि दुख नमानि देशको मुहार फेर्न सक्ने शक्तिनै युवा शक्ति हो र सम्बिधान एउटा उद्देश्य प्राप्तिको माध्यम मात्र रहेको कुरालाई प्रष्ट पारेका थिए। साथमा सीएमा भएको कम रिजल्टलाई अलि मेहनत गरेर बढाउन सल्लाह पनि दिएका थिए। यसैगरी मदन भंडारीले संपूर्ण नेपाली जनताको जितको दिन रहेकोले हर्ष-उल्लासको साथ सम्बिधानलाई स्वागत गर्न आग्रह गर्दै सबैलाई बधाई दिएका थिए। अनि अर्जुन भंडारी, मुकेश आचार्य , बीज्ञान मरासिनि , प्रसन्न बैध्य, राहुल यादवसगै हातेमालो, जुनकिरी , हेल्पिंग ह्यान्ड्स लगायत संस्थाको प्रतिनिधिले पनि संपूर्ण नेपालीको जितको दिनको उपलक्षमा शुभकामना बाडेका थिए।
संघका सभापति पदम भट्टराइले पनि बिग्यप्तिमार्फत राम्रो समाज र राष्ट्र निमार्णको लागि संविधानको जुन तहको भूमिका रहन्छ त्यो भन्दा महत्वपूर्ण भूमिका संविधानलाई उत्कृष्ट बनाउन समाज र राष्ट्रको रहन्छ । सम्पूर्ण नेपालीहरुले आजकै दिनबाट संविधानको पालना गरेमा यो संविधान उत्कृष्ट बन्ने छ भन्दै आजको सुखद उपलक्ष्यमा सम्पूर्ण सिए, सिए विद्यार्थी, गुरुहरु लगाएत सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई ज्ञापन गरेका थिए।
अन्त्यमा तीर्थराज अर्यालले संविधानमा कोहि असन्तुष्टि भएपनि लोकतान्त्रिक पद्धति र प्रणालीमा रहेर परिवर्तन गर्दै जान सकिने , उग्र माग र नारा बोकेर संविधानलाई रोक्ने अनि देशलाई पछाडि धकेल्ने खेलहरु रोकिनुपर्ने भन्दै सबै नेपालीहरूलाई आफ्नो विबेक नगूमाई नैतिक रुपमा कार्यगत एकता गरेर अगाडि बढे कुनैपनि हालातमा देशको अग्रगमनमा आंच नआउने र कुनैपनि बाह्य कु-दृष्टि लाग्न नसक्ने द्रिढता ब्यक्त गर्दै हाम्रो एकताको बाध टूटन नहुने कुरामा जोड दिए अनि संघका सचिब गिरू न्यौपानेले हिमाल पहाड तराई, कोहि छैन पराई को नारा सगै कार्यक्रम समापन गरेका थिए। आतिस गैरेले खुसिको क्षणहरूलाई क्यामरामा कैद गर्दै गर्दा मिडिया कभरेजको रूपमा सीए सरोकार रहेको थियो।
प्रतिक्रिया दिनुहोस्