नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को कार्यकारी समितिको सदाश्यमा प्रवीण राज काफ्ले, नारायण कंडेल, अनुराग वाग्ले , अरुण लुइँटेल, राजन अधिकारी र निर्देश श्रेष्ठ निर्वाचित भएका छन् ।
यता एक्यानको कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित भएका छन ।कोषाध्यक्षका अर्का दुइ प्रत्यासी हेम काफ्ले र जेएन प्रतिहस्तलाइ पछाडि पार्दै ऊनी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यता एक्यानको उपाध्यक्षमा पदमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षका अर्का प्रत्यासी अमन उप्रेतीलाई पछाडी पार्दै उनी एक्यानको उपाध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । यस अघि उनले कोषाध्यक्षका रुपमा एक्यानको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २ बर्षे कार्यकालका लागि उपाध्यक्ष निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्