Skip to content

सम्बन्धन प्राप्त १५ बढी इन्स्टिच्युटमध्ये ८ ले मात्रै नवीकरण गरे, एक चर्चित इन्ष्टिच्युट सम्बन्धन फिर्ता लिने तयारीमा

आइक्यानले विभिन्न कोचिङ सेन्टरलाई दिएको सम्बन्धन आवश्यक नलागेर वा त्यस अनुसारको सुबिधा नपाएको भन्दै विभिन्न सिए इन्स्टिच्युटहरुले सम्बन्धन नवीकरण नगरेको खुलेको छ ।  आइक्यानबाट १५ बढी सिए इन्स्टिच्युटहरुले आइक्यानबाट सम्बन्धन लिएका थिए । कुनैबेला सम्बन्धन लिएको तर हाल नवीकरण नगरी कक्षा संचालन गरिरहेको एक सिए इन्स्टिच्युटका प्रतिनिधिले सिए सरोकारसँग भने, ‘काम न काजको रैछ यो सम्बन्धन भन्ने चीज, उही पैसा खनायो मात्र ! न कुनै सुबिधा दिन्छ आइक्यान, न केहि ।’ उनका अनुसार सम्बन्धन लिनु पैसाको खर्च मात्र हो । उनी अगाडी भन्छन् ‘आइक्यानबाट सम्बन्धन लिन र बर्षनै पिच्छे  नवीकरण गर्न पनि बढी रकम लाग्ने हुनाले हाललाई सम्बन्धन नवीकरण गर्न आवश्यक ठानेनौं। ‘

सम्बन्धन लिएका इन्स्टिच्युट बन्द हुँदा विद्यार्थीको पनि भरोसा गुम्यो :
आइक्यानले सम्बन्धन दिएका केहि सिए इन्स्टिच्युटहरुले सिएको कक्षा लिन छोडेपछि त्यसवापत आइक्यानले के कदम चाल्यो त भन्ने प्रश्न उठिरहेका बेला त्यस्ता सिए इन्स्टिच्युट बन्दा हुँदा विद्यार्थीको पनि भरोसा गुमेको छ । नयाँ बानेश्वरस्थित बन्द भएको सिए इन्स्टिच्युट एसबिबिआरमा अध्ययन गरिरहेका एक विद्यार्थीले भने, ‘सम्बन्धन लिएपछि सम्पूर्ण जिम्मानै आइक्यानले लिने जस्तो कुरा भएको थियो । तर इन्स्टिच्युट बन्द हुँदा कुनै समस्या छ कि भनेर समेत हामीलाई सोधिएन । ‘     
सम्बन्धन भन्ने चीज काम रहेनछ, त्यसैले नवीकरण गरेनौं : इन्स्टिच्युट सञ्चालक 
आइक्यानबाट सम्बन्धन लिएका तर नवीकरण नगरेका सिए इन्स्टिच्युटका प्रतिनिधिले आवश्यक नठानेका कारण नवीकरण नगरेको बताए । ‘ सम्बन्धन नलिएकाहरुसँग जति भनेपनि विद्यार्थी छ, हामीलाई ‘ब्रेक इभन’ मा आउन नै गाह्रो छ । आइक्यानले सम्बन्धन दिन्छ तर सुबिधा दिंदैन ।’ त्यसैले हामीले सम्बन्धन नवीकरण नै गरेका छैनौं र अव गर्दैनौं पनि ।  ‘   
आइक्यान सम्बन्धन दिन्छ सुबिधा दिंदैन : सीएआइका प्रतिनिधि 
आइक्यानबाट सम्बन्धन प्राप्त संस्थाकै प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर त्यस अनुसारको सुविधा नदिने गरेको आरोप लगाएका छन् । आइक्यानले केहि समय अगाडी सम्पन्न गरेको पत्रकार सम्मेलनमा बोल्दै आइक्यानबाट सम्बन्धन लिएका सिए इन्स्टिच्युटहरुका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर सुविधा नदिने गरेको बताएका छन् ।  
कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आइक्यानबाट सम्बन्धन लिएको संस्था सीएआईका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिएअनुसारको काम नगरेको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सम्बन्धन दिइयो तर त्यो अनुसारको काम भएको छैन । यस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्षको उपस्थिति छैन ।’
आइक्यानको उपस्थिति कम्जोर देखिएकै हो : सीसीएमएका प्रतिनिधि 
यता आइक्यानबाट सम्बन्धन प्राप्त अर्को संस्था सीसीएमएका प्रतिनिधि दीपेश थपलियाले पनि आइक्यानले गरेको पत्रकार सम्मेलनजस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्ष नआउनु दुखद् भएको बताउंदै सम्बन्धन लिएका सिए इन्स्टिच्युटहरुका लागि आइक्यानको उपस्थिति कमजोर भएको बताएका छन् । ‘विद्यार्थीको मामलामा केक साइज बढाउने काम गर्नुपर्थ्यो, जुन आइक्यानले गर्न सकेको छैन । ‘ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।

सम्बन्धन फिर्ता लिने तयारीमा एक चर्चित सिए इन्स्टिच्युट :
सम्बन्धन प्राप्त सिए इन्स्टिच्युटका बारेमा सिए सरोकारले गरेको प्रश्नमा एक  हाल आफ्नो नाम उल्लेख नगर्न अनुरोध गर्दै एक चर्चित सिए इन्स्टिच्युटका प्रतिनिधिले सुरुमा आफुले पनि सम्बन्धन लिएर केके न हुन्छ भनेर सम्बन्धन लिएको तर यसपालीको करियर एक्स्पोक्लो पारा देखेर अर्को बर्ष सम्बन्धन नवीकरण नगर्ने सोच बनाएको बताएका छन् । अव के सम्बन्धन फिर्ता नै लिने हो त  ? भन्ने सिए सरोकारको प्रश्नमा उनी भन्छन्, उनी भन्छन्, ‘ फिर्तानै लिने त प्रावधान नहोला । अव नवीकरण नै नगरेपछि फिर्ता लिए सरह भैगो नि !’    

प्रतिक्रिया दिनुहोस्