Skip to content

यस्तो थियो टि.आर उपाध्याय एण्ड कम्पनीको राहत वितरण कार्यक्रम (फोटो फिचर)

गत बैसाख १२ गते गएको विनासकारी भूकम्पका कारण देशका विभिन्न स्थान भएको राहत वितरण कार्यक्रममा नेपाली सिए क्षेत्रको पनि उल्लेखनीय योगदान देखिएको छ।  यसै क्रममा नेपालका केहि ठुला र चर्चित सिए फर्महरु मध्येको एक टि.आर उपाध्याय एण्ड कम्पनीले पनि भूकम्प पिडित हरुलाई राहत वितरण गरेको छ।  
 टि.आर उपाध्याय एण्ड कम्पनीले विभिन्न अरु संघ संस्था हरु संग साझेदारी गर्दै ६ लाख पचास हजार रुपैयाँको कोष खडा गरेको थियो। केपीएमजी लगायतका विदेशी संस्थाहरुले पनि  टि.आर उपाध्याय एण्ड कम्पनीले गरेको राहत संकलन तथा वितरणमा सहयोग गरेको थियो। 
यसै क्रममा  टि.आर उपाध्याय एण्ड कम्पनीले २४ मे २०१५ का दिन भूकम्प राहत कार्यक्रमको आयोजना गरेको थियो।  फर्मले आफ्ना १० कर्मचारीको सहयोगमा नुवाकोट जिल्लाको दुई पिपल गाबिस र बागचौर गाबिसमा राहत सामाग्री पुर्याई सकेको थियो।   फर्मका कर्मचारीले एक हप्ता का लागि पुग्ने काद्य सामाग्री, त्रिपाल लगायतका राहत सामाग्री वितरण गरेको थियो।  टिआर उपाध्याय एण्ड कम्पनीले आयोजना गरेको राहत संकलन तथा वितरण कार्यक्रममा सेट जेभियर्स स्कुलको सन् १९८१ साल को ब्याच ले ७५ वओटा त्रिपाल वितरण गरेको थियो। 
फर्मले गरेको राहत वितरण कार्यक्रममा प्रत्येक एउटा ब्ल्यान्केट, एक केजी चना  १० किलो चामल, एक किलो चिउरा, एक किलो केराउ, एक प्याकेट भुजिया, आधि लिटर तेल  र एक बोतल पियुष  वितरण गरिएको थियो।  साथै कार्यक्रममा केहि त्रिपाल्हारू, मैनबत्ती तथा सलाईहरु पनि वितरण गरिएको थियो।  कार्यक्रमबाट करिव १३५ परिवारलाई राहत मिलेको बताइएको छ। 
साथै अन्य दुई गाबिसमा १२ वओटा ठुला त्रिपालहरु स्थानीय विद्यालयमा वितरण गरिएको थियो।  बिद्यालयमा पढाइ संचालन गर्न सजिलो होस् भने उदेश्यका साथ उक्त त्रिपालहरु विद्यालयमा वितरण गरिएको बुझिएको छ। 
फर्मले आगामी दिन हरुमा गोर्खा र सिन्धुपाल्चोकका अन्य ठाउँहरुमा राहत वितरण , विद्यालय निर्माण , छात्रवृति लगायतका कार्यक्रमहरुमा पनि सहयोग गर्न खोजिरहेको बताइएको छ।  हेरौं फर्मले आयोजना गरेको राहत वितरणका केहि झलकहरु : 
  

प्रतिक्रिया दिनुहोस्