
यकिन आकडा नभएपनि ४ बर्षमा गरी आइक्यानले विद्यार्थीबाट निकै नै मोटो रकम उठाएको छ । यो बीचमा आइक्यानमा भर्ना हुनेको संख्या औसत बर्षको १५०० मात्र भएपनि ४ बर्षमा छ हजार विद्यार्थी भर्ना भएका छन् र तीनीहरुबाट झन्डै करोड बढी रकम उठाइएको छ । यो त अनुमानित रकम मात्र हो । एकिन तथ्यांक यो भन्दा बढी हुन सक्छ ।
अनि यसरी विद्यार्थीबाट काठमाडौँमा सिङ्गै घर आउने पैसा उठाएर पनि नयाँ भवनमा एउटा कोठा सम्म विद्यार्थीको संगठनलाइ दिएन आइक्यानले । अझ लाज नै पचाएर आइक्यानले एनकासालाई पूरानो घरको कोठा भिडाउने काम गरेको छ । के विद्यार्थीले तिरेको पैसा माथि यो न्याय भयो ? किन एनकासाले यो तथ्यलाई टेकेर आइक्यानलाइ दवाव दिईरहेको छैन ? प्रश्नहरु अनुत्तरित छन् ।
सिए सरोकारसँग कुराकानी गर्दै एनाकासा अध्यक्ष अनील आचार्यले आफुहरुलाई आइक्यानले पछाडिको घरको कोठालाई मर्मत गरेर दिन लागेको बताएका थिए । तर के विद्यार्थीको पैसा पूरानो भवन मर्मत गर्नलाई दिईएको थियो त ? जवरजस्त उठाएको पैसा पनि आफ्नै आइक्यानलाइ भनेर चित्त बुझाएका विद्यार्थीहरुले आफ्नो संगठनलाइ यसरी आइक्यानले ‘हेपाहा’ प्रवृति देखाईरहँदा किन चुप छ एनकासा । यहाँ कुरा एउटा कोठाको होइन, विद्यार्थीका अभिभावकले छाक काडेर दिएको २००० रुपैयाँको हो, आफ्नो अधिकारको हो । के यसलाई सम्बोधन गर्नु एनकासा वा आइक्यानको कर्तब्य होइन र ?
प्रतिक्रिया दिनुहोस्